काठमाडौं, ३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय छानबिन समिति नबन्ने बताएको छ । प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै रास्वपाका सांसद मनिष झाले अब संसदीय समिति नबन्ने दाबि गर्नुभयो ।
उहाँले कांग्रेस आफ्ना सभापतिमाथि उठेको प्रश्नको छानबिन गर्न तयार भए मात्र संसदीय छानबिन समिति बन्ने दाबि गर्नुभयो । उहाँले कांग्रेसका नेताहरु पिच्छे फरक कुरा गर्ने गरेको बताउँदै अब आफुहरु संसदीय छानबिन गर्न तयार नहुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्