जनता टाइम्स

१२ असार २०८१, बुधबार १४:२०

जलबिरे नजिकै ढुङ्गा खसेर सडक एकतर्फी अवरुद्ध


चितवन, १२ असार । मुग्लिङ–नारायणगढ सडकखण्डमा पहिरो जादा सडक एकतर्फी संचालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार जलबिरे नजिकै ढुङ्गा खसेर सडक एकतर्फी अवरुद्ध भएको हो ।

डिभिजन कार्यालयले सडक दुई तर्फी खुलाउनको लागि लोडर मेसिन पहिरोतर्फ गएको र करिब एक घण्टामा सडक दुईतर्फी सुचारु हुने जानकारी दिएको छ ।