काठमाडौं, असोज २४ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० मा आज बिहान भएको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ। भोटसिपाबाट काठमाडौंतर्फ हिडेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस आज बिहान दुर्घटनामा परेको थियो ।
सो दुर्घटनामा परी पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य ९ जनाको उपचारका लागि अस्पताल लाने क्रममा र धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएका अन्य ५२ जनामध्ये पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जयराज सापकोटाले जानकारी दिनुभयो । प्रहरीका अनुसार बस भोटसिपाको तिखुमोडबाट करिब दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा परी इन्द्रावती ९ का हिरा श्रेष्ठ, सोही स्थानका विनोद लम्साल, इन्द्रवती १० ऋदेश आचार्य, चालक काभ्रे बनेपाका केदार महाजु पाँचखालकी संगीता फुर्कोटीको घटनास्थलमै मृत्यु भएको थियो।
त्यसैगरी उपचारका लागि अस्पताल लाने क्रममा ठेगाना नखुलेकी समीता श्रेष्ठ, इन्द्रावती ९ की जुनादेवी लम्साल, गणेश तामाङ, सुमित फुर्कटी, मीना मगर र सुवास अधिकारीको मृत्यु भएको प्रहरील जनाएको छ । बसमा दसैं मनाएर घर फर्किने र घर पुगेर काममा फर्किने यात्रुको खचाखच भएकाले मृतकको संख्या अझ बढ्न बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्