जनता टाइम्स

२५ श्रावण २०८१, शुक्रबार १३:५४

लुम्बिनी कांग्रेस प्रमुख सचेतक तिमिल्सिनाले दिए राजीनामा


बुटवल, २५ साउन । लुम्बिनी प्रदेश सभाका कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पदबाट राजीनामा दिनुभएको छ । तिमिल्सिनाले कार्यव्यस्तताका कारण राजीनामा दिएको बताउनुभएको छ । तिमिल्सिनाले कार्यव्यस्तताले राजीनामा दिएको बताए पनि उहाँ निकट मन्त्री नपाउँदा राजीनामा दिएको स्रोत बताउँछ ।

नेपाली कांग्रेसका तर्फबाट गुल्मीका धनेन्द्र कार्की, दाङका प्रचण्डविक्रम न्यौपाने, प्युठानका रोज राणा भनिने सरोज थापा र बाँकेका बादशाह कुर्मी मन्त्री बन्नुभएको छ । सुरुमा सरकारमा कांग्रेसबाट सरकारको नेतृत्व तिमिल्सिनाले गर्ने भनिए पनि अन्तिममा मन्त्रीको सूचीबाट उहाँको नाम हटाइएको थियो । त्यसपछि उहाँ रुष्ट बन्नुभएको थियो ।