जनता टाइम्स

२८ असार २०८३, आईतवार १५:५२

दोलखालीका सहारा आत्माकृष्णलाई नन्दप्रसाद जानुका स्मृति सम्मान


काठमाडौं, असार २८ । यस वर्षको नन्दप्रसाद जानुका स्मृति सम्मान २०८३ बाट शिक्षासेवी इञ्जिनियर आत्माकृष्ण श्रेष्ठ सम्मानित हुनुहुने भएको छ।

नन्दप्रसाद जानुका फाउण्डेशनले २५ हजार नगद र सम्मानपत्रसहित प्रत्येक वर्ष प्रदान गर्दै आएको नन्दप्रसाद जानुका स्मृति सम्मान यो वर्ष दोलखाको शिक्षासँगै समग्र विकासमा क्रियाशील श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको फाउण्डेशनका अध्यक्ष अजयबाबु शिवाकोटीले जानकारी दिनुभयो।

शिवाकोटीका अनुसार भदौ ४ गते नन्दप्रसाद शिवाकोटीको जन्म जयन्तीको अवसरमा काठमाडौँमा आयोजना हुने कार्यक्रममा श्रेष्ठलाई सम्मान गरिने छ । नेपाल सरकारको सहसचिव पदबाट सेवा निवृत हुनुभएका ८८ वर्षीय श्रेष्ठ गौरीशंकर बहुमुखी क्याम्पस चरीकोटका संस्थापक तथा अध्यक्ष, गौरीशंकर सामुदायिक पुस्तकालय चरीकोटका संस्थापक तथा अध्यक्ष, सिंगटी सामुदायिक अस्पताल सिंगटीका संस्थापक तथा अध्यक्ष हुनुहुन्छ ।

सम्मानित व्यक्तित्व श्रेष्ठ दोलखा विकास मञ्चका संस्थापक अध्यक्ष, विभिन्न विद्यालयमा स्थापना भएका रूपा स्मृति पुस्तकालयका संस्थापक,रूपा फाउण्डेशनका संस्थापक, दोलखा लायन्स क्लबका पूर्वअध्यक्ष र दोलखा गुठीका अध्यक्षको भूमिकासमेत निर्वाह गर्नुभएको छ । दोलखाको समग्र काममा गर्नुभएको उल्लेखनीय कामलाई लिएर दोलखाी नागरिकले श्रेष्ठलाई दोलखालीको सहारा’को उपमा दिने गरेका छन ।

साविकको पूर्व २ नम्बर अन्तर्गत क्षेत्र नम्बर ११ अर्थात् हालको दोलखा जिल्लाको शैक्षिक अगुवा, सामाजिक तथा राजनीतिक व्यक्तित्व नन्दप्रसाद शिवाकोटी तथा उहाँकी धर्मपत्नी जानुका शिवाकोटीको नाममा स्थापित नन्दप्रसाद जानुका फाउण्डेशनविभिन्न सामाजिक काममा सक्रिय हुँदै आएको छ ।

फाउण्डेशनले दोलखाको शैक्षिक उन्नयन तथा सामाजिक रुपान्तरणका माध्यमबाट समुन्नत दोलखा बनाउने अभियानमा लाग्ने व्यक्तिहरूलाई सम्मानित एवं पुरस्कृत गर्दै आएको छ । २०८२ सालको नन्दप्रसाद जानुका स्मृतिसम्मानबाट शिक्षासेवी मिलनराजतुलाधरसम्मानित हुनुभएको थियो । २०८१ सालमा पत्रकार शम्भु गौतमसम्मानित हुनुभएको थियो।