जनता टाइम्स

२९ श्रावण २०८१, मंगलवार १४:५७

निषेधित क्षेत्रमा प्रदर्शन गरे पछि दलित अभियन्ता सुनार पक्राउ


काठमाडौं, २९ साउन । दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झन्डै अढाई २ किलोको साङ्लो बाधेर प्रतिकात्मक प्रदर्शन गरिरहेका सुनारलाई प्रहरीले नियन्त्रण लिईएको हो ।

बानेश्वरस्थित संसद भवन प्रवेश गर्न खोजेपछि नियन्त्रण लिनु परेको प्रहरीले जनाएको छ । हाल उहाँलाई प्रहरी वृत्त बानेश्वरमा राखेको छ । उहाँ गत बुधबारदेखि माइतीघरमा प्रदर्शन गर्दै आउनुभएको थियो । तर, आज उहाँ निषेधित क्षेत्रमा प्रदर्शन गर्न पुगेपछि सुनारलाई पक्राउ गरिएको हो ।