काठमाडौं, २ भदौ । फोटो खिच्ने क्रममा खसेर बंगलादेशका नागरिक सुन्दरीजलस्थित बागमती नदीमा बेपत्ता हुनुभएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित बागमती नदीमा शनिबार फोटो खिच्ने क्रममा खसेर उहाँ बेपत्ता भएका हो ।
उहाँको खोजीकार्यमा सशस्त्र प्रहरी बल गोताखोरको टोली आजबाट खटिएको छ । उहाँको नाम भने खुलेको छैन ।
प्रतिक्रिया दिनुहोस्