काठमाडौं, ११ भदौ । डा. मुकुल ढकालले आफु रवि लामिछाने क्लबबाट निष्काशित भएको प्रतिक्रिया दिनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्काशित गरेपछि प्रतिक्रिया दिँदै आफु रवि लामिछाने क्लबबाट निष्काशित भएको र आफुलाई पार्टीबाट निष्काशित गर्ने अधिकार क्लबलाई नरहेको बताउनुभएको हो ।
उहाँले भन्नुभएको छ,‘रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासन गर्ने अधिकार क्लवलाई छैन । न्यायिक निकायले क्लवको कारवाहिलाई बदर गरेपछि, नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधरण सदस्यबाट राजीनामा दिनपर्छ ।’
ढकालले सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरि भाषणबाजी गर्दै हिँडेको बताउँदै आफूविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेको आरोप लगाउनुभएको छ । आज बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशित गरेको छ ।













प्रतिक्रिया दिनुहोस्