जनता टाइम्स

११ आश्विन २०८१, शुक्रबार १२:३९

लगातार बढ्दै सुनको मुल्य, तोलाको एक लाख ६१ हजार नाघ्यो


काठमाडौं, ११ असोज । सुनको मूल्यमा लगातार वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर तोलाको एक लाख ६१ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो ।

यस अघि विहिबार सुनको मूल्य एक लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मुल्य १९५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।