काठमाडौं, असोज २४। नेकपा एमालेको सचिवालय बैठक आज बस्न लागेको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा मध्यान्ह १२ बजे बैठक बस्न लागेको हो । बैठकमा पार्टी केन्द्रीय कार्यालय शिलान्याशसहित दशैंको शभकामना आदानप्रदान हुने र हालैको विपद्पछिको उद्धारमा पार्टीले खेलेको भूमिका, अबको कार्यभार लगायत विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।
एमालेले शुक्रवार पुरानो पार्टी कार्यालय बल्खु नजिकै पार्टी केन्द्रीय कार्यालय शिलान्याश गर्ने बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्