जनता टाइम्स

२५ आश्विन २०८१, शुक्रबार २२:०२

मधेशमा उपेन्द्रको साथ छाडने क्रम ह्वात्तै बढ्यो, अशोककहाँ पुगे दीपक यादवसहितका यी चर्चित नेता


पर्सा, असोज २५ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश समिति सदस्य एवं पर्सा जिल्लाका सहइन्चार्ज दीपक यादवसहितका नेताहरू अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ ।

जसपाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा जसपा नेपालका अध्यक्ष दीपक यादवसहित पर्सा जिल्ला सदस्य विश्वनाथ यादव, पटेर्वा सुगौली पालीकाका अध्यक्षलगायतका नेताहरू जसपामा प्रवेश गर्नुभएको हो ।

जसपाका उपमहासचिव प्रदीप यादव एवं खानेपानी मन्त्री प्रदीप यादवले जसपा नेपालको मधेस प्रदेश कमिटी सदस्य समेत रहेका दीपक यादव जस्ता कर्मठ, अनुभवी नेताको आगमनले आफ्नो पार्टीलाई अझ बलियो बनाउँदै मधेसको विकास, जनताको अधिकार, र समृद्धिका लागि संघर्षलाई नयाँ ऊर्जा दिने विश्वास लिएको बताउनु भयो ।

कार्यक्रममा खानेपानी मन्त्रीसहित वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, जसपाका केन्द्रीय सदस्य मोहनलाल चौधरीज्यू, पूर्व प्रदेशसभा सदस्य जनत अन्सारी, जिल्ला समन्वय समिति पर्साका सभापति निरञ्जन साह सोनारलगायतको उपस्थिति थियो ।

पछिल्लो समय उपेन्द्र यादवको कार्यशैली र बिचारलाई लिएर सो पार्टीभित्र चरम असन्तुष्टि रहेको छ । सोही कारण हरेक दिन नेताहरु उपेन्द्रको साथ छाडेर अन्य पार्टीतिर प्रवेश गर्न लागेका हुन ।