जनता टाइम्स

२८ आश्विन २०८१, सोमबार १५:१६

नेता–कार्यकर्तालाई एमाले महासचिव पोखरेलको निर्देशन : जनतालाई निराशाको होइन, आशाको सन्देश प्रवाह गर्नाेस


दाङ, असोज २८ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकासमा राजनीतिक सहमति आवश्यक रहेको बताउनु भएको छ ।

गृहजिल्ला दाङको भ्रमणमा आउनु भएका एमाले महासचिव पोखरेलले गृहवडामा आयोजित अगुवा कार्यकर्ता भेलामा यस्तो निश्कर्ष सुनाउनु भएको हो । उहाँले जनतालाई आशाको सन्देश प्रवाह गर्न कार्यकर्ताहरुलाई निर्देशन पनि दिनुभयो ।

उहाँले जनताले नयाँ कुरा अपेक्षा राख्नु स्वभाविक भएको भन्दै सरकारले अघि सारेका नयाँ कुरा जनतामा पुर्याउन आग्रह गर्नुभयो । महासचिव पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विकासका माध्यमबाट जनताको जीवनस्तर उकास्ने, बदल्ने, पशुपालन, खेतीपाति नयाँपन, पूर्वाधार निर्माण, रोजगार बढाउन सिर्जना गर्ने काम अघि बढाएको जानकारी पनि दिनुभयो ।

एमाले महासचिव पोखरेलले घोराही तुल्सीपुर सडक खण्डमा रहेका खोलामा फोरलेन कै पुल निर्माण सुरु भएको र फोरलेन सडकको पुनः ठेक्का प्रक्रिया अघि बढेको जानकारी समेत दिनुभयो ।