जनता टाइम्स

१० कार्तिक २०८१, शनिबार ०८:५४

दाङको तुलसीपुरमा गाडी दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु


दाङ, कात्तिक १० । दाङमा बोलेर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
राप्ती लोकमार्गअन्तर्गत आज बिहान तुलसीपुर उपमहानगरपालिका–३ साततलेमा रा १ ज ८२२ नम्बरको बोलेरो पिकअफ गाडी दुर्घटना हुँदा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीले जानकारी दिनुभयो ।

दुर्घटनामा गाडी चालक दंगीशरण गाउँपालिका–४ निवासी २२ वर्षीय हिरामणि बुढा र सल्यान कपुरकोट गाउँपालिका–६ निवासी १९ वर्षीय सुरेश खड्काको मृत्यु भएको छ ।

त्यसैगरी दुर्घटनामा घाइते सल्यान कपुरकोट गाउँपालिका वडा नं ६ निवासी ३१ वर्षीय देवा वली, उहाँका छोराहरू १३ वर्षीय महेश वली र १० वर्षीय जीवन वलीको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।