जनता टाइम्स

११ कार्तिक २०८१, आईतवार ०८:०५

दोलखा केन्द्रबिन्दु भएर गयो ४.५ म्याग्निच्युडको भूकम्प


दोलखा, कात्तिक ११। दोलखाको उत्तरी क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति साढे ११ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु लामिडाँडा आसपास रहेको छ ।

भूकम्पले पुर्याएको क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । क्षतीबारे जानकारी लिने काम भइरहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।