जनता टाइम्स

७ मंसिर २०८१, शुक्रबार १८:३७

नेपाल प्रहरीका दुई एआइजीलाई लगाइयो फूली


काठमाडौं, मंसीर ७ । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजीपी) मा बढुवा हुनुभएका बुद्धिराज गुरूङ र केदार ढकाललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्रहरी नायव महानिरीक्षक (डीआईजी) बाट एआईजीमा बढुवा हुनुभएका गुरूङ र ढकाललाई शुक्रबार प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिह्न प्रदान गरिएको हो । उहाँहरुलाई प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न प्रदान गर्नुभयो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै जनालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । उहाँहरुलाई आजै फुली लगाइएको हो । सो अवसरमा आईजीपी कुवँरले संगठनको हितको लागि सकल दर्जाको सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो ।

आइजीपी कुँवरले आआफ्नो जिम्मेवारी र भूमिकामा सदैव क्रियाशील, चिन्तनशील र द‍ृढ संकल्पित रहन निर्देशन दिनुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।