उदयपुर, माघ १२ । नेपाल निजामती कर्मचारी संगठन उदयपुरको अध्यक्षमा पुनःपुन्य पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिवार सम्पन्न १२ औँ जिल्ला अधिवेशनलेपौडेललाई दोस्रो कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो।
नवगठित कार्यसमितिको उपाध्यक्षमा सिताराम फुयल र बबिता परियार, सचिवमा कृत रायमाझी, सहसचिवमा वबिन राई र कोषाध्यक्षमा बिजय गेलाल चयन भएका छन्। यस्तै, सदस्यहरूमा जानुका कार्की, दिपकला राई, बिपना पौडेल, तारादेवी राई, रितेश श्रेष्ठ, अनिल तामाङ, केशव प्रसाद शाह, खेमराज ओझा, सबिन उदास, जीवन कार्की, केशव बन्जरा, गिरिराज खडका र भेषराज चयन हुनुभएको छ ।
अधिवेशनले केन्द्रीय प्रतिनिधिमा कमला निरौला, हिमालय पौडेल, बालकृष्ण आचार्य, जीवन कुमार थापा र डिगम ब। कार्की तथा प्रदेश प्रतिनिधिमा खिलाराज कार्की, निर्मल शाह, नैन ब खडका, कमला श्रेष्ठ, जानुका कार्की र रेक बहादुर मश्राङी मगर चयन गरेको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले संगठनको समृद्धि र भविष्यका लागि सबै सदस्यको सक्रिय सहभागिता र योगदानको अपेक्षा गर्दै एक जुट भएर कार्य गर्ने प्रतिबद्धता जनाएका छन ।
कार्यक्रममा नेकपा एमाले पोलिटब्यूरो सदस्य मन्जु कुमारी चौधरी, केन्द्रीय सदस्य अम्बिका थापा, जिल्ला अध्यक्ष भागवत राउत, प्रदेश सदस्य इश्वरमणि राउत, प्रतिनिधि सभा सदस्य अम्बरबहादुर रायमाझी लगायतको उपस्थिति रहेको थियो। उहाँहरूले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय तथा प्रदेश प्रतिनिधिहरूलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।













प्रतिक्रिया दिनुहोस्