काठमाडौं, माघ १३ । ‘समानताको आवाजकदम–कदममा, बिबिधताको शक्ति हाम्रो अभियान’ भन्ने नाराका साथ दोस्रो बार्षिक सेट वाकथन (पदयात्रा) हुने भएको छ ।
सेण्ट जेभियर्स कलेज माइतीघरको कक्षा ११ र १२ माअध्यनरत बिद्यार्थीहरुको क्लब सेट काउन्सिलले सेन्टर फर ईनडिपेन्डेन्ट लिभिगं काठमाण्डौंसँगको सहकार्यमा फेब्रुअरी १ अर्थात माघ १८ गते विशेष वाकथन (पदयात्रा) आयोजना गर्ने भएको हो ।
सेन्टर फर ईनडिपेन्डेन्ट लिभिगं काठमाण्डौं (अपागंता भएका ब्यक्ति) हरुको संस्था हो । यसले अपांगता भएका व्यक्तिहरूको स्वतन्त्रता र समावेशीकरणको वकालत गर्दै आएको छ । यस संस्थासँंगको सहकार्य अन्तर्गत वाकथनमा ह्विीलचियर र्यालीको आयोजना गरिनेछ । यस र्यालीले भौतिक र मानसिक बाधाहरू तोड्दै समावेशी समाजको महत्वलाई उजागर गर्ने सेट काउन्सिलका बजार प्रमुख सम्बुद्ध पौड्यालले जानकारी दिनुभयो ।
‘अपागंता भएका ब्यक्तिको हक, अधिकार समानता र समाजमा उनीहरुको समाबेशीकरण सुनिश्चित गर्नका लागिबिशेष बाकथन आयोजना गरिएको हो,′ उहाँले भन्नुभयो । अपागंता भएका ब्यक्तिहरुको लागि आवश्यक सहयोग पुर्याउने लक्ष्य राखिएता पनि वाकथनमा जुन सुकै उमेर समुह, लिङ्ग, वा पृष्ठभूमिका व्यक्तिहरू सहभागी हुन सक्ने पौड्यालले जानकारी दिनुभयो ।
माईतीघर स्थित सेण्ट जेभियर्स कलेज परिसरबाट सुरु हुने वाकथन पाटन दरबार स्क्वायरसम्म पुग्नेछ । वाकथनमा सहभागीहरूका लागि थप रोचक गतिविधिहरूको व्यवस्था गरिएको छ । जसमा फ्ल्यास मोब, फोहोर सङ्कलन अभियान र पुनःप्रयोग सम्बन्धी कार्यशाला जस्ता गतिविधिहरूले कार्यक्रमलाई रमाइलो मात्र होइन, वातावरणीय सचेतना र सामाजिक जिम्मेवारीको भावना समेत फैलाउने छ ।
वाकथन केवल हिँडाइ मात्र नभई समावेशीता र नैतिकताको प्रवद्र्धन गर्दै भविष्यलाई उज्यालो बनाउने एउटा प्रेरणादायी कदम पनि हो । साथै, सांस्कृतिक जागरूकता र सामुदायिक एकताको सन्देश प्रवाह गर्ने यो पहलले समाजका विभिन्न क्षेत्रबाट सकारात्मक समर्थन पाउने अपेक्षा गरिएको छ । वाकथनले समाजमा नैतिकता र एकताको भावना बढाउनुका साथै सांस्कृतिक सम्पदाको संरक्षणप्रति जनचेतना फैलाउने पनि पौड्यालले जानकारी दिनुभयो ।

पदयात्रामार्फत विद्यार्थीहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउनको लागि आफ्ना प्रयासलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेका छन । अघिल्लो बर्ष आयोजना गरिएको पहिलो सेट वाकथनमा करिब एघार सय भन्दा बढीको सहभागीता रहेको थियो । कार्यक्रमबाट संकलित रकम“हामी नेपाल” नामक सँस्थामार्फत मुगु जिल्लाको रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक स्वास्थ्य सामाग्री बितरण गरिएको पौडेलले जानकारी दिनुभयो ।
१९९५ मा स्थापना भएको सेट काउन्सिल विद्यार्थीहरूको नेतृत्वमा चल्ने सक्रिय संस्था हो । यसले हरेक वर्ष सेट वाकथन र सेट प्रर्दर्शनी जस्ता कार्यक्रम गर्नुका साथै सामुदायिक विकासका लागि काम गर्दै आएको छ । यस वर्षको कार्यक्रमले पनि सामाजिक कल्याणका लागि महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । साथै, कोष संकलन गर्ने लक्ष्यसहित आयोजना हुने यो कार्यक्रमबाट संकलित केही रकम सेन्टर फर ईनडिपेन्डेन्ट लिभिगं काठमाण्डौंलाई हस्तान्तरण गरिने र बाकी रकम सामुदायिक विकासका लागि खर्च गरिने आयोजकले बताएका छन ।
सहभागीका लागि खुला निमन्त्रणा वाकथनमा जुन सुकै उमेर समुह, लिङ्ग, वा पृष्ठभूमिका व्यक्तिहरू सहभागी हुन सक्ने आयोजकले जनाएका छन । सहभागीता शुल्क तीन सय रुपैयाँ निर्धारण गरिएको छ । सहभागीबाट संकलित सम्पूर्ण रकम सामाजिक सेवाका लागि प्रयोग गरिनेछ । सहभागीहरूले प्रमाणपत्र, विशेष मेडल, सेट वाकथनकोे लोगो भएको टिसर्ट र खानाको समेतको ब्यवस्थापन आयोजकले गरेको जानकारी पौड्यालले दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्