कञ्चनपुर, फागुन १५ । प्रेस चौतारी नेपाल जिल्ला शाखा कञ्चनपुरको जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ ।
अधिवेशनले मदन गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा भूपाल केसी र लक्ष्मी सेठ्ठी निर्वाचित हुनुभएको छ ।
अधिबेशनले सचिवमा धनबहादुर बोहरा निर्वाचित हुनुभएको छ भने सहसचिव माधव पौडेल र विमल बिक निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा भवानीदत्त भट्ट (भुवन) चुनिनु भएको छ ।
यसैगरी सदस्यहरूमा पवन जोशी, सुरेश भट्ट, गणेश जोशी, वीरेन्द्र बाग, सन्तोष धानुक र केशव भट्ट चुनिनु भएको छ ।
केन्द्रीय प्रतिनिधिमा राजेन्द्र विष्ट, सुरेश धामी र महेश्वरी जोशी (माया) निर्वाचित हुनुभएको छ । प्रदेश प्रतिनिधिमा लक्ष्मण पन्त, धन बहादुर बिक र यमकला पाण्डेय चुनिनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्