जनता टाइम्स

२४ फाल्गुन २०८१, शनिबार १४:५९

नेपाल–चीन सीमा क्षेत्रमा ५.९ म्याग्निच्युडको भूकम्प, काठमाडौंमा पनि धक्का


काठमाडौं, २४ फागुन ।  नेपाल–चीन सीमा क्षेत्रमा भूकम्प गएको छ ।
तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५।९ म्याग्निच्युडको भूकम्प गएको काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् भरत कोइरालाले जानकारी दिनुभयो ।
भूकम्पको धक्का काठमाडौं सहितका जिल्फामा पनि महसुस भएको छ । २ बजेर ३५ मिनेट जाँदा भूकम्प गएको हो । आज बिहानमात्रै म्याग्दी र बागलुङमा पनि भूकम्प गएको थियो ।