जनता टाइम्स

२८ फाल्गुन २०८१, बुधबार १५:११

स्याङ्जाको मिर्मी बहुमुखी क्याम्पसमा अखिलको प्यानलै निर्विरोध, मुना न्यौपाने बनिन दोस्रोपटक सभापति


स्याङ्जा, फागुन २८ । स्याङ्जाको मिर्मी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुको प्यानलै निर्विरोध भएको छ ।

निर्बिरोध नेतृत्व चयन हुँदा स्ववियु सभापतिमा मुना न्यौपाने पुनः निर्वाचित हुनुभएको छ । यसअघि पनि न्यौपाने नै मिर्मी बहुमुखी क्याम्पसको स्वबियु सभापति हुनुहुन्थ्यो ।

यसैगरी स्ववियु सचिवमा कोशीश बस्याल र कोषाध्यक्षमा किशोर पाण्डे निर्वाचित भएको क्याम्पसको निर्वाचन समितिले जनाएको छ ।