जनता टाइम्स

२८ चैत्र २०८१, बिहीबार १५:४२

त्रिभुवन बिश्वबिद्यालयका उपकुलपति बरालको राजीनामा स्वीकृत


काठमाडौं, चैत २८। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालको राजीनामा स्वीकृत भएको छ ।

प्रधानमन्त्री एवं त्रिबिका कुलपति केपी शर्मा ओलीले बिहीवार त्रिभुवन विश्वविद्यालयका उपकुलपति बरालले दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको हो । गत चैत ११ गते त्रिभुवन विश्वविद्यालयको उपकुलपतिबाट बरालले राजीनामा दिनुभएको थियो ।

उपकुलपति बरालले स्वास्थ्यको कारण देखाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामापत्र बुझाउनु भएको थियो । गत वर्षको फागुन १० गते त्रिवि उपकुलपतिमा नियुक्त हुनुभएका बराल नेकपा माओवादी निकट प्राडा हुनुहुन्थ्यो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उहाँलाई उपकुलपति नियुक्त गर्नुभएको थियो ।