ललितपुर, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारिताले सकारात्मक र विश्लेषणात्मक चेतका साथ समाजलाई बाटो देखाउनुपर्ने बताउनुभएको छ ।
रातोपाटी डटकमले १२ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीले विश्लेषणात्मक चेतले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने भएकाले सत्यलाई अँगाल्न आग्रह गर्नुभयो । ‘झुटमुटमा क्रिटिकल हुनु पर्दैन, निष्पक्ष हुँदा पुग्छ, आलोचनात्मक चेत मात्रैले राम्रोमा पनि खराब देख्छ, एउटालाई राम्रो देखाउन अर्कोलाई गाली गर्छ’ ओलीले भन्नुभयो ।
उहाँले हरेक क्षेत्रमा समाज, विश्व र सम्बन्धमा तीव्र गतिका साथ परिवर्तन भएका बेला लगातारको मित्रता राखेर काम गर्ने कुरा निक्कै चुनौतीपूर्ण भएको बताउनुभयो । तथापि अहिले पनि इमानदारिता नमरेको उहाँले स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले सञ्चार माध्यमले अनेक क्षेत्रमा यथोचित व्यवस्थापन सहित सुझाव दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्