काठमाडौं, जेठ २७ । बरिष्ठ पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले समाचार प्रकाशनको विषयलाई लिइएर दिइएको उजुरीको आधारमा अदालतबाट पत्रकार पाठकविरुद्ध सुटुक्क उजुरी लिएर पक्राउ पुर्जी लिएको हो ।
काठमाडौं साइइबर ब्यूरोले जिल्ला अदालतबाट काठमाडौंबाट पत्रकार पाठकलाई पक्राउ गर्न अनुमति पाएको ब्यूरोका एक अधिकृतले जनताटाइम्स डटकमलाई बताए । ती अधिकृतका अनुसार पक्राउ गरेपछि मात्रै अदालतबाट पुर्जी लिइएको विषयमा जानकारी दिने निर्देशन दिइएको छ ।
वरिष्ठ पत्रकार पाठकले काठमाडौंको हिलटन होटल र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयविर देउवाको विषयमा प्रकाशन गरेको समाचारको आधारमा साइबर क्राइममा उजुरी दर्ता गरी अदालतबाट पक्राउ पुर्जी लिइएको ती अधिकृतको भनाई छ । पत्रकार पाठकविरुद्ध देउवापुत्र जयविरले नै उजुरी दिएको र जयवीरकै योजनाअनुसार अदालतबाट पक्राउ पुर्जी लिइएको बताइएको छ ।
पिता देउवा सत्तारुढ दल नेपाली कांग्रेसका सभापति र आमा डाक्टर आरजु राणा देउवा परराष्ट्र मन्त्री रहेको कारण पुत्र जयवीरले यस्तो जुक्ति निकाल्नु भएको हो । उजुरीकर्ता उहाँ (जयवीर) नै हुनुहुन्छ ।
‘उहाँले नै पक्राउ गरेरै छाडनुपर्छ भनेर प्रहरीमा दवाव दिनुभयो । थेग्न नसकेपछि अदालतबाट पुर्जी लिइएको हो,’ ती अधिकृतले जनताटाइम्स डटकमसँग भने । प्रहरीले पक्राउ पुर्जी लिएलगत्तै पत्रकार पाठकको खोजी गरिरहेको छ ।
‘उहाँले नै पक्राउ गरेरै छाडनुपर्छ भनेर प्रहरीमा दवाव दिनुभयो । थेग्न नसकेपछि अदालतबाट पुर्जी लिइएको हो,’ ती अधिकृतले जनताटाइम्स डटकमसँग भने । प्रहरीले पक्राउ पुर्जी लिएलगत्तै पत्रकार पाठकको खोजी गरिरहेको छ ।
काठमाडौंस्थित नक्सालमा रहेको हिल्टन होटल जयवीर देउवाले खरिद गरेको भन्ने खबरका आधारमा साइबर ब्यूरोमा देउवाले उजुरी दिनुभएको थियो । पाठक आवद्ध सञ्चार माध्यममा जयवीरले होटलको सेयर किनेको दाबीसहित खबर प्रशारण भएको थियो ।
प्रतिक्रिया दिनुहोस्