जनता टाइम्स

२८ जेष्ठ २०८२, बुधबार ०४:५८

१६ बुँदे निर्णय गर्दै सकियो प्रवासी नेपाली मञ्च युरोप महादेशको दोस्रो बिस्तारित बैठक (सूचीसहित)


बेल्जियम, जेठ २८ । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रवासी नेपाली मञ्च युरोप–अमेरिका इञ्चार्ज घनश्याम पाण्डेको प्रमुख आतिथ्यता र ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापासहितका नेताहरु बिशेष अतिथी रहनुभएको सो बैठकले १६ बुँदे निर्णय गरेको छ । बैठकमा ओएनएफ अन्तराष्ट्रिय कमिटीका सचिव तथा संगठन विभाग प्रमुख हेम शेर्पा, सचिवालय सदस्य तथा युरोप इञ्चार्ज भक्त वाग्लेसमेतको विषेश उपस्थिति रहेको थियो ।

युरोप महादेश संयोजक मुक्तबहादुर गरुङको अध्यक्षता र सचिव शालिकराम थपलियाले संचालन गर्नु भएको उक्त बैठकमा युरोप महादेशका २० देशहरुबाट १५० जनाको सहभागिता रहेको थियो । बैठकले समसामयिक विषयहरुमा छलफल गरी १६ बुँदे निर्णय लिएको हो ।

बैठकले हाल तिव्ररुपमा नेपालीहरुको आगमन भइरहेका देशहरु जस्तै पोल्याण्ड, साईप्रस, माल्टा, रोमानिया, क्रोएसिया लगायतका देशहरुमा केही निर्णय भइसकेका र केही निर्णय हुन बाँकी रहेका मुलुकहरुमा यथाशीघ्र कुटनैतिक नियोग स्थापनाका लागि जोडदार माग गरेको छ ।

यसैगरी बैठकले विविध कारणले हाल प्रवासमा बसिरहेका नेपालीहरूको नेपाली नागरिकता निरन्तरताका लागि जोडदार माग गरेको छ । बैठकले संविधान प्रदत्त तथा सम्मानित सर्वोच्च अदालतबाट समेत निर्देशन भए अनुसार प्रवासबाट मतदान गर्ने अधिकारलाई व्यवस्थित गरी प्रवासीहरुलाई आफ्नो मतदानको अधिकार प्रदान गर्नको लागि निर्वाचन आयोग र नेपाल सरकारसँग माग गरेको छ ।

बैठकले विगत लामो समयदेखि युरोपियन मुलुकहरूमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नेपाली वायु सेवा निगममाथि लगाएको प्रतिबन्धलाई फुकाउन आवश्यक कुटनैतिक पहलका लागि नेपाल सरकार समक्ष जोडदार माग गरेको संयोजक मुक्त गुरुङ र सचिव सालिकराम थपलियाले जानकारी दिनुभयो ।

बैठकमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा, सचिव तथा संगठन विभाग प्रमुख हेम शेर्पा, सचिवालय सदस्य तथा युरोप इञ्चार्ज भक्त वाग्ले बिशेष अतिथीका रुपमा सहभागी हुनुभएको थियो । यसैगरी अन्तर्राष्ट्रिय कमिटीका सदस्यहरू गोविन्द पौडेल,सरस्वती केसी, सुरेन्द्र थपलिया, कल्पना त्रिपाठी, राजेन्द्र पुडासैनी,सन्तोष भट्टराई, अन्तर्राष्ट्रिय सल्लाहकार परिषद्का उपाध्यक्ष रामशरण सिम्खडा, सदस्यहरू भोजराज त्रिपाठी, नारायण अधिकारी अन्तर्राष्ट्रिय कमिटीका विभागीय पदाधिकारी तथा सदस्यहरू अनआरएनए तथा संघ-संस्था समन्वय विभागका उपप्रमुख डा. चिरञ्जीवी खड्का, कला, साहित्य तथा संस्कृति विभागका सचिव खड्ग न्यौपाने, उद्योग व्यवसाय विभागका सदस्य शिव लामिछाने, युरोप कमिटी सल्लाहकार परिषद्का अध्यक्षलगायतका नेताहरु अतिथी रहनुभएको थियो ।

यसैगरी बैठकले सन् २०२५ भित्र “जहाँ नेपाली, त्यहाँ प्रवासी नेपाली मञ्च“ भन्ने नारालाई सार्थक बनाई युरोप महादेश अन्तर्गतका धेरैभन्दा धेरै राष्ट्रहरूमा राष्ट्रिय कमिटी गठन गर्नका लागि प्रतिवद्धता जनाएको छ भने २०२५ को अन्तसम्ममा हरेक राष्ट्रिय कमिटीहरूले आ–आफ्नो राष्ट्रमा रहेका नेपालीहरूको जनसंख्याको न्यूनतम ३ प्रतिशत संगठित सदस्यता बिस्तार गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी बैठकले प्रवासी नेपाली मञ्चको नेतृत्वमा संयुक्त लगानीको अवस्थालाई प्रत्याभूत गर्नका लागि आगामी ६ महिनाभित्र कम्तिमा २ अर्बको संयुक्त पूँजीको संकलन गरी लगानी कम्पनीमार्फत कार्य गर्न आवश्यक कागजी र प्रकृयागत कार्यहरू सम्पन्न गरी आवश्यक योजनाको छनौट सहित कार्य योजनालाई अगाडि बढाउने निर्णय गरेको छ । लगानी विभागको अवधारणालाई मूर्त रुप दिन अल्प र दीर्घकालीन योजनाको प्रस्ताव प्राप्त भएकाले रकम संकलन र प्राप्त योजनाहरूको छानविन गरी लगानीको प्रकृया अगाडि बढाइने बैठकपछि जारी बिज्ञप्तिमा जनाइएको छ ।

यस्तै बैठकले महिला सशक्तिकरणको कामलाई युरोपमा व्यवस्थित गर्दै कम्तिमा वर्षको एक पटक महिलाहरूको विशेष कार्यक्रम आयोजना गर्ने र हरेक भेलाहरूको दस्तावेजीकरण सहित निरन्तरता दिने निर्णय गरेको छ ।

यस्ता छन बैठकको निर्णय

 

Oplus_16777216

Oplus_16777216