यो राधिकाले भोगेको र देखेको जीवन कथाको पुञ्जहो । यस पुस्तकमा हाम्रा जीवनका भोगाइ, दुखाइ र कठिनाइको सङ्गम र , तिनीहरुलाई पछादै अगाडि बढ्दाको आनन्द पनि भेट्टिन्छ । मलाई लाग्छ, हाम्रा यी भोगाइका अन्तर कथा पाठकहरुका लागि पनि मन पर्दाे खालकै छन् ।
केपी शर्मा ओली
मेरी जीवनसाथी राधिका शाक्यले लेखेको आत्मकथाः ‘करुणा’को पाण्डुलिपि मैले समय निकालेर सर्सर्ती पढेँ । सिङ्गो पुस्तकले बोलेको विषय कि त म, मेरो सङ्घर्ष, विरामी, जिम्मेवारी आदिमा केन्द्रित छ कित राधिका स्वयंका सङ्घर्ष, कठिनाइ, सफलता र समाजसेवा आदिमा उनले खेलेका भूमिकासँग सम्बन्धित छ । देखाइ र भोगाइको सम्मिश्रण स्वरुपको यो रचना एक प्रकारले नियात्रा जस्तो पनि हुन पुगेको छ । यसलाई के नामले चिन्नु उपयुक्त हुन्छ ? त्यो म अरू पाठककै जिम्मामा छाड्न चाहन्छु किनभने आफैँ पात्र भएको पुस्तकलाई मैले नै कुनै विशेषण दिनु मनासिब हुँदैन । अझ राधिकाले लेखेको पुस्तकमै अग्रलेखका रुपमा रहने त्यही पुस्तकको मीमांसा पस्कन मलाई अलिक कठिन पनि छ ।
यसो हुँदाहुँदै पनिम यसको पहिलो द्रष्टा भएँ पाण्डुलिपि पढ्ने पाठकका रुपमा-यसैले केही त भन्नैपर्छ । पुस्तकमा औपन्यासिकता भर्न वा रोचकता थप्नका लागि अनावश्यक विषयवा प्रसङ्ग तानतुन गरेर जोडिएको छैन । दृष्टि, भोगाइ र अनुभूति अभिव्यक्त छन् तर कल्पना प्रधान कुनै कथा बुँनिएको छैन, कथानक थपिएको छैन । पुस्तकका विषयवस्तु यथार्थका वर्णन हुनभन्ने कुरा सहज अनुभूत हुन्छ, भोगेका दुःख, चुनौती, सङ्घर्ष र पाएका सफलताका भाषिक चित्रणका रुपमा । सत्य र तथ्यमा आधारित कुराको वर्णन गर्नु पुस्तकको मूल धर्म दर्साउँछन् बनावटी वा सजावटी कुराका अनुपस्थितिले । यो सम्पूर्णतः सत्य कथा हो । खालि भाषिक सिर्जनात्मकता रमरम छटासम्म भेटिन्छन– अभिव्यक्तिगत प्रस्तुतिमा ।
राधिकाले हरदमकेही न केही लेखिरहको देख्थे म । धेरजसो अवस्थामा पढिरहेको देख्थे । उनले व्यवस्थित ढङ्गले लेखे हुन्थ्यो भन्ने मलाई लाग्थ्यो तर भन्नभने म केही पनि भन्दिनथेँ । उनको जिन्दगी आफैँमा अत्यन्त व्यस्त छ, उनको ध्याउन्न सधैँ म, मेरो स्वास्थ्य र मेरा कामलाई सहयोग पुर्याउनमै हुन्छ । तसर्थ, मैले धेर कुरा भन्नुहुँदैन भन्ने लाग्दथ्यो र मैले केहीपनि भनिनँ कहिल्यै ।
केही न केही पढिरहने वा टिपोट गरिरहने बानीले यो किताब आएको छ र सायद यसले अब राधिकालाई एक लेखकको परिचय दिलाएको छ । खेस्राहरु टाइप भएर पुस्तकाकार रुपमै आइपुगेको पाण्डुलिपि अनायास पढ्दा मैले के थाहा पाएँ भने उनी तिथि, मिति र घटनाक्रम आदिको टिपोट मसिनो गरी गर्दिरहिछन–सप्ठ्यारामा मात्र होइन अप्ठ्यारा परिस्थितिमा पनि । लामो जीवनका सबै कुरा एउटै पुस्तकमा समेट्न सकिँदैन तर यसमा जे जति समेटिएका छन्, तीउपयुक्त ढङ्गले नै समेटिएका छन् । प्रस्तुतिमा एक खाले नवीनप्रवाह छ जसले विम्बमय लेखको छनक दिन्छ ।
यो राधिकाले भोगेको र देखेको जीवन कथाको पुञ्जहो । यस पुस्तकमा हाम्रा जीवनका भोगाइ, दुखाइ र कठिनाइको सङ्गम र , तिनीहरुलाई पछादै अगाडि बढ्दाको आनन्द पनि भेट्टिन्छ । मलाई लाग्छ, हाम्रा यी भोगाइका अन्तर कथा पाठकहरुका लागि पनि मन पर्दाे खालकै छन् ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘यात्री’ कवितामा भनेको ‘फर्क फर्क है ! जाऊ समाऊ, मानिसहरुको पाउ, मलम लगाऊ आर्तहरुको चहराइरहेको घाउ’ नै राधिकाको जीवनदर्शन हो । मानिसहरुको दुःख देख्न नसक्ने करुणाको भावउनमा अत्यन्तै प्रबल छ । कसैको अलिक तिदुःख देख्यो भने आफैँ भावुकहुने , आफै रुन थाल्ने । के गर्न सकिन्छ, त्यसमा लागिरहने सहयोगी मन र भावना उनीमा छ । खालि भावनाले दुःखमान्ने मात्रहो इन, त्यो दुःखलाई कसरी न्यून गर्न सकिन्छ भन्नेमा आफ्ना तर्फबाट लागिहाल्ने स्वभाव पनि छ उनीमा-पुस्तकमा पनि त्यो प्रतिविम्बित छ ।
राधिकाको यो दोस्रो कृतिहो । पहिलो कृतिका तुलनामा प्रस्तुति परिमार्जित छ-यो खुसीको कुरा हो । अभ्यासले नै परिष्कृत बनाउँदै लाने हो । यस्ता खालका ग्रन्थ पढ्दा पाठकले केही कुरा बुझ्न या सिक्न पाउँछन् र समाजले यथार्थ थाहा पाउँछ । यस्ता ग्रन्थप्रति पाठकको अभिरुचि बढी हुन्छ । हुन त जेलमा हुँदा मैले सबै प्रकारका ग्रन्थ अध्ययन गरेँ; त्यहाँ सीमित पुस्तक हुन्थे । म अहिले समाजोपयोगी कथा, उपन्यास, निबन्ध, कविता, खण्डकाव्य, महाकाव्य आदि मात्र अध्ययन गर्छु । साहित्यमा नवजाति, समाज र देशको वर्तमान र भविष्यका लागि हुनुपर्छ भन्ने मलाई लाग्छ ।
पुस्तकमा राधिकाका मानवीय भावना र मनभित्रका करुणा भावको बलियो प्रतिविम्बन भएको छ । गौतम बुद्धले करुणालाई अत्यन्तै महत्व दिएका छन् । करुणा मानवभित्र हुनुपर्ने आधारभूत गुण हो । राधिकाको करुणा पक्षले पाठकलाई पनि द्रवीभूत गराउन सक्ने मलाई विश्वास छ ।
पुस्तकमा उनले गरका केही कामको सङ्क्षिप्त वर्णन समावेश छ तर त्यतिमात्रै काम उनले गरेकी पक्कै होइनन् । उनमा केही सहयोग गरौं भन्ने तीव्र भावना छ । अप्ठ्यारोमा परेकाहरुको समस्या हटाइदिने र सके सम्म त्यसबाट उन्मुक्ति दिलाउनेमा मात्रै उनको ध्यानकेन्द्रित देख्छु । समाजसेवा गरेको देखाउनेपट्टि उनको रुची मैले कहिल्यै देखिनँ । त्यसैले पनित्यतातर्फका सीमित सन्दर्भलाई प्रतिनिधिमूलक रुपमा मात्र उनले पस्कन खोजेको म पाउँछु ।
राधिकाको यो दोस्रो कृतिहो । पहिलो कृतिका तुलनामा प्रस्तुति परिमार्जित छ-यो खुसीको कुरा हो । अभ्यासले नै परिष्कृत बनाउँदै लाने हो । यस्ता खालका ग्रन्थ पढ्दा पाठकले केही कुरा बुझ्न या सिक्न पाउँछन् र समाजले यथार्थ थाहा पाउँछ । यस्ता ग्रन्थप्रति पाठकको अभिरुचि बढी हुन्छ । हुन त जेलमा हुँदा मैले सबै प्रकारका ग्रन्थ अध्ययन गरेँ; त्यहाँ सीमित पुस्तक हुन्थे । म अहिले समाजोपयोगी कथा, उपन्यास, निबन्ध, कविता, खण्डकाव्य, महाकाव्य आदि मात्र अध्ययन गर्छु । साहित्यमा नवजाति, समाज र देशको वर्तमान र भविष्यका लागि हुनुपर्छ भन्ने मलाई लाग्छ ।
समय र विचार मानव जातिका लागि, सुन्दर भविष्य, खुसियाली र सफलताका लागि, तिनको अनुहार र ओठमा मुस्कानका लागि खर्च गर्नुपर्छ । यस पुस्तकमा भएका कतिपय विषय त पृथक–पृथक पुस्तक लेख्न सकिने खालका छन् । राधिकाको अर्काे ग्रन्थ कुनै विषय केन्द्रित भएर अझ मसिनो गरी केलाएर आउने विश्वास मैले लिएको छु । मेरो सदिच्छा छ, राधिकाको यसखाले यथार्थ लेखन निरन्तर रहोस् । यसै गरी नयाँ–नयाँ कृति आइरहून् । धेरै–धेरै शुभकामना !
(प्रधानमन्त्रीपत्नी राधिका शाक्यले लेख्नुभएको आत्मकथाः ‘करुणा’बाट)
प्रतिक्रिया दिनुहोस्