जनता टाइम्स

३१ चैत्र २०८१, आईतवार १७:३७

रेडक्रस कास्कीको शाखाको अध्यक्षमा खडका निर्वाचित, यस्ता छन पदाधिकारी र सदस्य


पोखरा, चैत ३१ । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको सभापतिमा उर्मिला खडका निर्वाचित हुनुभएको छ ।

आइतवार सम्पन्न १७औं अधिवेशनबाट खड्का सभापतिमा निर्वाचित हुनुभएको हो । खडका रेडक्रस कास्कीको सभापतिमा निर्वाचित हुने पहिलो महिला अध्यक्ष हुनुहुन्छ ।

अधिवेशनमा उपसभापतिमा रमा न्यौपाने कोईराला, सुरेन्द्र गुरुङ, मन्त्रीमा सन्तोष अधिकारी र कोषाध्यक्षमा मोहनसिंह खड्का निर्वाचित हुनुभएको छ । यसैगरी उपमन्त्रीमा डिल्लीराम बराल, उपकोषाध्यक्षमा कालिदास सापकोटा निर्वाचित हुनुभएको छ ।

यस्ते सदस्यहरूमा कमलप्रसाद पौडेल, खगेन्द्रराज पराजुली, नवराज पौडेल, महेश्वर दवाडी, सुभाष अधिकारी, सुर्यप्रसाद तिमिल्सिना, श्रीकान्त पौडेल, पार्वती कार्की, भगवती गुरुङ र वविता सुवेदी निर्वाचित हुनुभएको छ । अधिवेशनमा दुई समुह बनाएर चुनावी प्रतिस्पर्धा भएको थियो ।