जनता टाइम्स

१३ बैशाख २०८२, शनिबार १९:२०

प्रवासी नेपाली मञ्चले हस्तान्तरण गर्यो भाग्यशाली चिट्ठा बिजेता सिता विकलाई १५ लाख पुरस्कार


बहराइन, बैशाख १३ । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीले श्रमिक राहत कोषको सहयोगार्थ सञ्चालन गरेको भाग्यशाली चिट्ठा कार्यक्रम अन्तर्गत प्रथम पुरस्कार विजेता सीता बिकलाई १५ लाख रुपैयाँको पुरस्कार हस्तान्तरण गरेको छ ।

यही २५ अप्रिल २०२५ तारि शुक्रवार मुस्कान नेपाली रेस्टुरेन्ट, बहराइनमा बिशेष कार्यक्रम आयोजना गरी चिट्ठा नम्बर ०८०४१ बाट प्रथम पुरस्कार विजेता बिकलाई पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले विजेता विकलाई पुरस्कार रकम हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय कमिटीका सचिव हेम शेर्पा, उपसचिव तथा प्रचारप्रसार प्रमुख चानक पोखरेल, सचिवालय सदस्य तथा अमेरिका इञ्चार्ज प्रभु थापा, सचिवालय सदस्य तथा मध्यपूर्व इञ्चार्ज कमलमणि गुरागाईं, श्रम तथा रोजगार विभाग प्रमुख तथा बहराइन–कुवेत इन्चार्ज सालिकराम पन्त, आर्थिक विभाग प्रमुख सुरेन्द्र थपलिया, अन्तराष्ट्रिय कमिटीका सदस्य कल्पना त्रिपाठी र मध्यपूर्व संयोजक प्रकाश कोइरालाको पनि उपस्थिति थियो ।

कार्यक्रममा प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी बहराइनका तर्फबाट समेत उल्लेख्य उपस्थिति रहेको थियो । सल्लाहकार परिषद अध्यक्ष हरि श्रेष्ठ, पर्यटन प्रवद्र्धन विभाग प्रमुख अच्युत तिमिल्सिना, पूर्वमहासचिव तथा रिटर्नि फेडेरेशन नेपालका पूर्वउपाध्यक्ष काजी थापा, अध्यक्ष चन्द्र गुरुङ, उपाध्यक्ष थोमस कुलुङ, उपाध्यक्ष वीरेन्द्र बुढाथोकी, सचिव सन्तोष थापा मगर, उपसचिव सुशील गेलाल, आर्थिक विभाग प्रमुख एलभी कटुवाल, महिला विभाग प्रमुख रुपा रावत, श्रम विभाग प्रमुख विमल थापा मगर, सदस्यहरू सागर राई र रिदम राज लगायतका व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो ।

अध्यक्ष चन्द्र गुरुङको सभापतित्वमा भएको कार्यक्रममा सञ्चालन राष्ट्रिय कमिटीका सचिव सन्तोष थापा मगरले गर्नुभएको थियो । नेपाली नयाँ बर्ष २०८२ को अवसरमा बेलायतमा सार्वजनिक गरिएको राफल चिठ्ठा कार्यक्रममा बिकले प्रथम पुरस्कार प्राप्त गर्नुभएको थियो ।