जनता टाइम्स

१३ बैशाख २०८२, शनिबार २०:५४

ललितपुर सिटी दोस्रो पटक एनएसएल च्याम्पियन


काठमाडौं, १३ वैशाख । ललितपुर सिटी फुटबल क्लव दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) च्याम्पियन भएको छ ।एनएसएलको तेस्रो संस्करणको आज भएको फाइनलमा पोखरा थन्डर्स फुटबल क्लवलाई २–१ गोलले पराजित गर्दै ललितपुरले उपाधि रक्षा गरेको हो ।

दशरथ रंशगालामा भएको खेलमा लिगदेखि अपराजित ललितपुरले पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा पोखराले एक गोल फर्काए पनि खेलको ७४ औं मिनेटमा दोस्रो गोल गर्दै ललितपुरले जीत सुनिश्चित गर्‍यो ।ललितपुरका लागि खेलको ४२औं मिनेटमा इमोह इजेकेलले गोल गर्दै पहिलो अग्रता दिलाएका थिए ।

खेलको ६३औं मिनेटमा पोखराका सुदील राईले गोल गर्दै टोलीलाई बराबरी गोल फर्काएका थिए । खेलको ७४औं मिनेटमा पापा इबोउ केबेले गोल गर्दै ललितपुरलाई उपाधि दिलाए । दोस्रो पटक विजेता बनेको ललितपुरले ८० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । उपविजेता पोखराले भने ३० लाख रुपैयाँ नगद पुरस्कारमा पाउने छ ।