काठमाडौं, ५ बैशाख । सरकारले थुनामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशमशेर राणालाई छाड्ने तयारी गरेको छ।
राणा क्यान्सर सर्भाइबर हुनुहुन्छ। उहाँलाई क्यान्सरको थप उपचारका लागि सरकारले छाड्ने तयारी गरेको हो। उपचारपछि पुनः कानुनी प्रक्रियामा सहभागी हुने सर्तमा उहालाई छाड्ने तयारी गरिएको हो।
२०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा हिंसा भड्काएको आरोपमा पक्राउ पर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्