काठमाडौं, ९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले बिनाको नेपाल बनाएर देखाउन चुनौति दिनुभएको छ ।मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्द उहाँले यस्तो चुनौति दिनुभएको हो । उहाँले चारैतिरबाट एमाले र आफूमाथि हमला भइरहेको बताउनु भयो । उहाँले केपी ओली बिनाको एमाले खोजेको र एमाले बिनाको नेपाल खोजिरहेको भन्दै मिसन ०८४ मा हेर्न चेतावनी दिनुभयो । उहाँले नेकपा एमाले पार्टीको लागि राम्रो गर्नेहरु भएको भए आफूले सरक्क नेतृत्व छोडिदिने बताउनु भयो । मिसन ०८४ मा एमाले बिनाको नेपाल हुन्छ की के बिनाको नेपाल हुन्छ हेर्न चुनौति दिनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘ दुनियाँले यत्रो हमला गरेको बेला साथीहरुलाई आश्चर्य लाग्दैन । दुनियाँले यत्रो हमला गरेको छ । केपी ओली बिनाको एमाले खोजेको छ । किन खोजेको होला ? केपी ओली बिनाको एमाले । तिनको मनशाय राम्रो भए त म सरक्क छोड्दिहाल्थेँ, नि । हाम्रै देशका लागि हो त ? हाम्रै पार्टीका लागि हो त ? तसर्थ केपी ओली बिनाको एमाले, एमाले बिनाको नेपाल चाहियो रे उनीहरुलाई । मिसन ०८४ मा हेरौँला । एमाले बिनाको नेपाल हुन्छ की के बिनाको नेपाल हुन्छ । हामी चुनौतिका साथ भन्छौँ ।’प्रधानमन्त्री ओलीले अहिलेको राजनीति विगतको जस्तो नरहेको भन्दै आजको अन्तर्राष्ट्रिय नीति आइडोलोजिकल हिसावले पोलिसी निर्माण गर्नेतिर नभइ कमाइको प्रतिष्पर्धामा दुनियाँ लागेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्