काठमाडौं, १ जेठ । आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य घटेको छ। यी मुद्राको मूल्य हिजो पनि घटेको थियो। तर, अस्ट्रेलियन डलर, युरो र पाउन्डसहितका मुद्रा भने महँगिएका छन्। यी मुद्राको मूल्य हिजो पनि बढेको थियो।
आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ १४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७४ पैसा छ। हिजो घटेको अमेरिकी डलरको मूल्य आज थप घटेको हो।
हिजो अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा थियो।
गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरि आज युरो १ को खरिददर १५२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७४ पैसा छ। हिजो युरो १ को खरिददर १५१ रुपैयाँ ३६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०२ पैसा थियो।
त्यस्तै आज पाउन्ड १ को खरिददर १८१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८२ रुपैयाँ ३१ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १७९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८० रुपैयाँ ७४ पैसा थियो।
त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४४ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७४ पैसा थियो।
त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ९२ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ८७ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ९२ पैसा थियो।
आज बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ७३ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६२ रुपैयाँ ९९ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्