जनता टाइम्स

६ जेष्ठ २०८२, मंगलवार ११:३७

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित


काठमाडौं, ६ जेठ ।  प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि प्रतिनिधिसभामा निर्धारित प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।

आज ११ बजे बस्ने बैठकमा प्रश्नोत्तरको कार्यसूची थियो । सभामुखका सञ्चार विज्ञ शेखर अधिकारीकाअनुसार स्वास्थ्यको कारण प्रधानमन्त्री उपस्थित हुन नसक्ने भएपछि आजको कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको हो ।