जनता टाइम्स

११ जेष्ठ २०८२, आईतवार १६:०३

६४ सालमा देश माओवादीमय होइन, आतंकमय थियो, लुटेर पहिलो भएको हो – प्रधानमन्त्री ओली


काठमाडौं, ११ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०६४ सालमा लुटेर र आतंक सिर्जना गरेर माओवादी पहिलो पार्टी बनेको बताउनुभएको छ । गोदावरी आज नेकपा (एमाले) बाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माओवादीले तर्साएर आतंकको राज गरेको बताउनुभएको हो । उहाँले भ्रष्टहरुले भ्रष्टाचारको ठूलो स्वर गर्नु निलज्ज स्वर भएको बताउनुभयो ।

उहाँले २०६४ सालमा देश माओवादीमय नभई आतंकमय भएको उल्लेख गर्नुभयो । उहाँले माओवादीका लडाकु क्याम्पमा राखेर, मार्च पास गराएर, मान्छे तान्दै कुट्दै, मार्दै तर्साएर २०६४ मा आतंकको राज गरेको धारणा ब्यक्त गर्नुभयो । भ्रष्टहरुले भ्रष्टाचारविरुद्धको ठूलो स्वर गर्नु। प्रचण्डको स्वर हेर्नु त भ्रष्टाचारका विरुद्ध बुरुक बुरुक, हामीले गरेको महाकाली–मेची अभियान थालेर त्यसैगरी थालेर त्यसैगरी अगाडि बढ्छन्। फरक के छ भने हामीकहाँ जनसागर उर्लिन्थ्यो, जनताले बेग्लै स्वागत गर्थे। अलिअलि आफ्ना कार्यकर्ताहरू आउँदा प्रचण्डलाई के लाग्यो भने अब फेरि प्रचण्डमय हुने भयो देश २०६४ मा जस्तै, माओवादीमय हुने भयो।’ एमाले अध्यक्ष ओलीले थप्नुभयो ,‘२०६४ मा माओवादीमय होइन देश। माओवादीका लडाकु क्याम्पमा राखेर, मार्च पास गराएर, मान्छे तान्दै कुट्दै मार्दै, मान्छे कुट्दै, अंगभंग गराएर, तर्साएर आतंकको राज थियो। आतंकमय थियो देश माओवादीमय थिएन। २०६४ को चुनाव माओवादी त्यति ल्याएको लोकप्रिय भएर होइन। आंतकको राज, लुटेर ल्याएको हो।’

अध्यक्ष ओलीले माओवादी अहिले ६४ को जस्तो हुन्छु भनेपनि ६४ अब कहिले नआउने र ठूलो हुन नसक्ने उहाँले भन्नुभयो ‘अफवाह फैलाउने प्रचण्ड हुन् । अफवाह फैलाउनेहरूसँग, एमालेलाई धुलो चटाउछौँ भन्नेहरूसँग के को वाम एकता ?’ उहाँले दुई तिहाइको कम्युनिस्ट पार्टीलाई ध्वस्त पार्दै एमालेको सरकार ढालेर कांग्रेससँग बिन्तीपत्र चढाउन जानेहरूसँग वाम एकता नहुने धारणा राख्नुभयो ।