काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नागरिकता विधेयक चालु अधिवेशनमै संसदमा लैजाने तयारी रहेको बताएका छन् ।
शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उनले विधेयक छिटो पारित गरेर समस्यामा रहेका नेपाली नागरिकलाई सहजता प्रदान गर्ने लक्ष्यअनुसार विधेयकमाथि काम गरिरहेको बताए ।
विधेयकमाथि अब बेलायती सेनामा रहेका ब्रिटिस गोरखासँग र एनआरएनसँग एक पटक छलफल गरेर अघि बढाइने बताए । समितिको बैठकमा आज नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल भएको हो ।
प्रतिक्रिया दिनुहोस्