जनता टाइम्स

२४ जेष्ठ २०८२, शनिबार १०:३६

अमेरिकामा चार जना नेपाली मृत फेला


काठमाडौं, २४ जेठ । अमेरिकाको भर्जिनियास्थित मानसस पार्कस्थित नजिकै एक घरमा एकै परिवारका चार जना नेपाली मृत फेला परेका छन् ।

भाडामा बस्दै आएका उनीहरू बिहीबार मृत फेला परेका हुन् । मृत फेला पर्नेमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अञ्जु श्रेष्ठ, २ वर्षीय बालक र ८ वर्षीय बालिका रहेको मानसस पार्क प्रहरीले जनाएको छ ।

घरवालाले भाडावालहरूको जाँच गर्न प्रहरीलाई अनुरोध गरेपछि उनीहरूलाई मृत फेला परेका थिए ।

चारै जनाको गोली लागेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनास्थलबाट बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनालाई हत्या वा आत्महत्या के हो ? भन्नेबारे अनुसन्धान गरिरहेको बताएको छ ।

उनीहरूको शवलाई मानससस्थित मेडिकल परीक्षकको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।