मोरङ : प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी- २ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेशनको शनिबार उद्घाटन गरेका छन्। नेपालको पूर्वी क्षेत्रका विपन्न वर्गलाई सुलभ र गुणस्तरीय स्वास्थ सेवाको पहुँच पुर्याउने उद्देश्यले सामाजिक व्यवसायको भावनाबमोजिम सो अस्पताल स्थापना भएको हो। प्रधानमन्त्री ओलीलाई अस्पतालका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डललगायतले स्वागत गरेका थिए।
प्रधानमन्त्रीले गरे जीवन विकास सामुदायिक अस्पतालको उद्घाटन

प्रतिक्रिया दिनुहोस्