रौतहट, २४ जेठ । बृन्दावन नगरपालिका उपमेयर संगीतादेवी रामका पति अरुणकुमार राम एमालेमा प्रवेश गर्नुभएको छ ।
एकीकृत समाजवादी पार्टीको वन तथा वातावरण केन्द्रीय विभागका सदस्य राम सो पार्टी छाडेर एमाले प्रवेश गर्नुभएको हो । एमाले मधेस प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठले रामलाई पार्टीमा स्वागत गर्नुभयो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरू केन्द्रीय सदस्यहरू अजयकुमार गुप्ता, रेखा झा, कुन्दन कुशवाहा, उद्धव रेग्मी, मधेस प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, प्रदेश सचिव आरती भण्डारी, रौतहट जिल्ला अध्यक्ष सचितान्द साहसहितका नेता सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा बोल्दै रामले राजनीतिक कर्ममा सिद्धान्त र व्यवहार बिचको दूरीप्रति सधैँ गम्भीर हुनु पर्ने बताउनुभयो । एकीकृत समाजवादीमा देखिएको नीति–विपरीतको प्रवृत्तिका कारण आफूले सो पार्टी छाडेको रामले बताउनुभयो । ‘अब म एमालेमार्फत जनताको चाहना र मधेसको समृद्धिको सपना पूरा गर्न चाहन्छु’, उहाँले भन्नुभयो ।
एमालेका नेताहरूले रामको पार्टी प्रवेशलाई केवल एक व्यक्तिको आगमन नभएर मधेसमा पार्टीको सुदृढीकरणको सङ्केतका रूपमा व्याख्या गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्