काठमाडौं, जेठ ३१ । नेपाल उद्योग तथा ब्यवसायी महासंघका अध्यक्ष भागिरथ सापकोटा बिआरआई अध्ययन भ्रमणका लागि चीन प्रस्थान गर्नुभएको छ ।
अध्यक्ष सापकोटा नेपाली ब्यवसायी टीमको नेतृत्व गर्दै शनिवार साँझ चीनतर्फ प्रस्थान गर्नुभएको हो । उहाँ नेतृत्वको टोलीले चीनमा १५ दिन बिआरआई परियोजनाको बिषयमा अध्ययन गर्ने छ ।
चिनियाँ अधिकारीहरुले बिआरआईको बिषयमा प्रशिक्षणसहित स्थलगत अवलोकनसमेत गराउने कार्यक्रम रहेको छ । अध्यक्ष सापकोटा नेतृत्वको टोलीलाई उद्योग तथा ब्यवसायी महासंघकी उपाध्यक्ष सुवर्ण श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा संगठनको तर्फबाट बिदाई गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्