काठमाडौं, १ असार । प्रदेश सरकारको बजेट तथा कार्यक्रम प्रस्तुत गर्न ब्रिफकेस बोकेर प्रदेश सभा बैठकमा पुग्नु भएका कर्णाली प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले आज प्रदेश सभा बैठकमा बजेटको ब्रिफकेस खोल्न पाउनुभएन ।
सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने अन्तिम समयमा माओवादी केन्द्रले बैठक बहिष्कार गरेपछि आज निर्धारित समयमा बजेट प्रस्तुत हुन सकेन ।
सरकारको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकारले एकतर्फी रूपमा बजेट ल्याएको भन्दै बैठक बहिष्कार गरेपछि बजेटको ब्रिफकेस खुल्न सकेन । बजेट निर्माण प्रक्रिया सल्लाहविना, पूर्वाग्रही र एकपक्षीय रहेको माओवादीको आरोप छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि अनुमानित ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट ल्याउने तयारी गरेको थियो । सत्ता र प्रतिपक्षबिचको विवादका कारण प्रदेश सभा बैठक अनिश्चितकालका लागि रोकिएपछि बजेट प्रस्तुत हुन सकेन । दलहरू बिच सहमति जुटाउने प्रयास भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्