काठमाडाैं, २ असार । ट्युमरकाे उपचार गराइरहनुभएकी रामेछापको सुनापति गाउँपालिका २ आलमपुरकी अपना मगर पकुवालको उपचारका लागि एमाले नेताहरू लगायत विभिन्न सामाजिक संस्था र व्यक्तिहरूले आर्थिक सहयोग गर्नुभएको छ ।
उहाँको उपचारका लागि एमाले वाग्मती प्रदेश कमिटी सदस्य रत्नप्रसाद गौतमले २० हजार रुपैँया सहयोग गर्नुभएको छ भने एमाले नेता दीपेन्द्र कार्कीले १५ हजार रुपैँया सहयोग गर्नुभएको छ । त्यस्तै सुनापति २ का वीरबहादुर खपाङ्गीले १५ हजार, सम्बरबहादुर श्रेष्ठले १० हजार ५०, भीमेश्वर आपत्कालीन कोषले १० हजार रुपैँया सहयोग गरेका छन् । अन्य सहयोगीहरूले ५ सय देखि ६ हजार रुपैँयसम्म आर्थिक सहयोग गर्नुभएको छ ।
विभिन्न व्यक्ति र संस्थाले गरी १ लाख ९० हजार रुपैँया सहयोग सङ्कलन गरेर बिरामीका आफन्तलाई हस्तान्तरण गरिएको नेकपा एमाले जिल्ला कमिटी रामेछापका सदस्य काश्मीर घिसिङले जानकारी दिनुभयो । सङ्कलित रकम अस्पतालमा नै गएर हस्तान्तरण गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्