जनता टाइम्स

५ असार २०८२, बिहीबार १८:१६

सत्ताको आडमा पत्रकार थुन्ने देउवापुत्रको घमण्ड चकनाचुर, उच्च अदालतले दियो दिलभुषण पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश


काठमाडौं, असार ५ । उच्च अदालत पाटनले सञ्चारकर्मी दिलभूषण पाठकलाई धरपकड नगर्न सरकारको नाममा अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको इजलासले बिहीबार गत सोमबार जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै पाठकलाई धरपकड नगर्न आदेश दिएको हो ।

पाठकले दायर गरेको निषेधाज्ञा निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै गत सोमबार न्यायाधीश ऋषि राजभण्डारीको इजलासले बिहीवार दुवै पक्षलाई बोलाउँदै सो अवधीसम्म लागि कानुनबमोजिम बाहेक पक्राउ तथा धरपकड नगर्न अल्पकालीन आदेश जारी गरेको थियो । बिहीवार पक्राउ नगर्न आदेश दिएको हो ।

पत्रकार पाठकले गरेको सम्प्रेषित सामाग्रीबाट कसूर भएको भनी परेको जाहेरीको आधारमा निजलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था स्थापित नभएको उच्च अदालतले ठहर गरेको छ । उच्च अदालतको आदेशमा मुद्दाको अन्तिम किनारा नभएसम्म पाठकलाई पक्राउ नगर्न भनिएको छ ।

उच्चको यो आदेशसँगै जसरी पनि पाठकलाई थुनेर दुःख दिने कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका पुत्र जयबीर सिंह देउवाको घमण्ड तुहिएको छ ।