काठमाडौं,२३ साउन । न्याय परिषदले उच्च अदालतका लागि २७ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।लगातारको तयारीपछि बिहीबार बसेको परिषदको बैठकले रिक्त रहेको पदमा सिफारिस गरेको हो। न्याय परिषदको सिफारिसमा प्रधानन्यायाधीशले उच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। सिफारिस हुनेमा १६ जना जिल्ला न्यायाधीश छन्। जुन नियुक्तिको झण्डै ६० प्रतिशत हो। उच्चमा जिल्लाबाट यति धेरै न्यायाधीश लगिएको पहिलोपटक हो।
त्यस्तै न्याय सेवाबाट ३, कानुन र सरकारी वकिलबाट एक एक जना न्यायाधीश सिफारिस भएका छन्।
२७ मध्ये कानुन व्यवसायीबाट ६ जना मात्रै न्यायाधीश सिफारिस भएको परिषदका प्रवक्ता अशोककुमार क्षेत्रले जानकारी दिनुभयो । न्याय परिषद्का अनुसार परिषदकै सचिव यमबहादुर बुढामगर पनि उच्च अदालतको न्यायाधीश सिफारिस हुनुभएको छ। उहाँ उच्च अदालत जुम्लाको न्यायाधीशमा पदस्थापन हुनुहुने भएको छ । जिल्ला न्यायाधीशबाट गोपालप्रसाद बास्तोलालाई उच्च अदालत पाटन, गिरिराज गौतमलाई उच्च अदालत महेन्द्रनगर, युवराज गौतमलाई उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगा, तेजनारायण पौडेललाई उच्च अदालत बुटवल, प्रकाश ढुंगानालाई पाटन, दीपककुमार खरेललाई पाटन, शिवबहादुर रानाभाटलाई पाटनमा पदस्थापनका लागि सिफारिस हुनुभएको छ ।
कमलप्रसाद पोखरेललाई जनकपुर, दिलबहादुर केसीलाई उच्च अदालत तुल्सीपुरको नेपालगन्ज इजलास, र बासुदेव न्यौपानेलाई पाटनमा, प्रकाशचन्द्र अधिकारीलाई दिपायल, केशवप्रसाद अधिकारीलाई पाटन, रमेशप्रसाद ज्ञवालीलाई पाटन, उद्धवप्रसाद भट्टराईलाई उच्च अदालत विराटनगरको धनकुटा इजलास, दीपक खनाललाई पाटन, अवनी मैनाली भट्टराईलाई पाटन पदस्थापन गरिएको छ।
सर्वोच्चको रजिष्ट्रारबाट खड्गराज अधिकारीलाई दिपायलमा सिफारिस हुनुभएको छ। सहन्यायाधीवक्ता शंकर खत्रीलाई वीरगन्ज इजलास, सर्वोच्चकै सहरजिष्ट्रार अच्युत कुइँकेललाई पाटन, कोमलबहादुर खत्रीलाई सुर्खेत सिफारिस हुनुभएको छ।
कानुन व्यवसायीबाट नियुक्त भएका ६ जनामा शर्मिला थापा विष्टलाई हेटौंडा इजलास, प्रतापसिंह ठकुराठीलाई बुटवल इजलास, बालकृष्ण गैरेलाई बाग्लुङ इजलास, निशा बानियाँलाई बुटवल इजलास, श्यामकुमार विश्वकर्मालाई दिपायल र अरुणकुमार पंजियारलाई ओखलढुंगा इजलासमा पदस्थापन गरिएको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।
यी हुन् उच्च अदालतमा सिफारिस भएका न्यायाधीशहरु













प्रतिक्रिया दिनुहोस्