जनता टाइम्स

१ कार्तिक २०८२, शनिबार १३:०८

प्रभु बैंक र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाबीच बिशेष छुट सम्झौता


काठमाडौं, कात्तिक १ । आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेड र प्रभु बैंक लिमिटेडबीच आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेडका कार्यरत कर्मचारीहरुलाई सुविधा सम्पन्न बैकिङ्ख सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद ज्ञवाली र प्रभु बैंक लिमिटेडका तर्फबाट सेन्ट्रल बिजनेश सेन्टरका प्रमुख लेखबहादुर पुनले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । यो सम्झौतापश्चात आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेडमा कार्यरत कर्मचारीहरुले उत्कृष्ट बंैकिङ्ख सेवा प्रयोग गर्ने विश्वास रहेको प्रभु बैंकले जनाएको छ ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको प्रभु बैंक “बैंक अफ द इयर २०२३, प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्डको साथै हालसालै युरो मनीअवार्ड–नेपाल बेस्ट डिजिटल बैंक फर एसएमईको-२०२५ अवार्डको रुपमा सम्मानित भएको बैंक हो ।

प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९एक्सटेन्सन काउन्टरमार्प

mत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।