भक्तपुर, मंसिर १५
भक्तपुर क्षेत्र नम्बर १ (क)को प्रदेशसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेस जितको नजिक पुगेको छ । १० बजेसम्मको मतगणनाअनुसार चाँगुनारायणका ९ वटा वडाको मत गणना भइसकेको छ ।
कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल १३०८३ मत ल्याउदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवीप्रसाद (डिपी) ढकालले १०६९४ मत प्राप्त गर्नुभएको छ । विगतमा तत्कालिन नेकपा एमालेले जितेको सो नगरपालिकामा कांग्रेसले बाजी मारेको हो ।
त्यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का निरज लवजूले ३८६० मत प्राप्त गर्नुभएको छ । अब भक्तपुर नगरपालिका वडा न १० को मात्र मतगणना हुन बाँकी छ । सो वडा नेमकिपाको पकड क्षेत्रका रुपमा मानिन्छ । सो क्षेत्रमा ४ हजार ७०५ मत खसेको छ ।
यो क्षेत्रमा यसअघि नेकपाका उम्मेदवार विजयी हुनु भएको थियो । पछिल्लो पटकको उम्मेदवार चयनमा तत्कालिन एमालेका नेताहरु असन्तुष्टि जनाएका थिए । उनिहरु पार्टी कार्यालयमै तालाबन्दी समेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्