जनता टाइम्स

२८ फाल्गुन २०८२, बिहीबार १४:२६

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रि–फ्याब शैक्षिक भवन निर्माणको शिलान्यास, नयाँ भवन उद्घाटन


हेटौँडा, फागुन २८। वाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण हुने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रि–फ्याब शैक्षिक भवन निर्माणको शिलान्यास गरिएको छ।

वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यसहित शैक्षिक भवनको शिलान्यास गरिएको हो। मुख्यमन्त्री बानियाले भवन शिलान्यास गर्नुभयो ।

सोही अवसरमा प्रतिष्ठानको नयाँ भवनको उद्घाटन समेत गरिएको थियो।

कार्यक्रममा वाग्मती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, स्वास्थ्य मन्त्री किरण थापा, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, वाग्मती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय सचिव सुमित्रा गाैतम लगायतको उपस्थिति रहेको थियो।

प्रदेश सरकारको सहयोगमा निर्माण हुन लागेको उक्त प्रि–फ्याब शैक्षिक भवनले स्वास्थ्य शिक्षा तथा अनुसन्धानलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममा वक्ताहरूले स्वास्थ्य शिक्षा क्षेत्रको विस्तार तथा गुणस्तर अभिवृद्धिका लागि पूर्वाधार विकास महत्वपूर्ण रहेको धारणा राख्नुभएको थियो।