जनता टाइम्स

२ मंसिर २०८३, बुधबार १५:२९

डा. मुकुल ढकाल र सांसद निशा डाँगी विवाह बन्धनमा बाँधिँदै


काठमाडौं, मंसिर २ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र पार्टीकी सहमहामन्त्री तथा सांसद निशा डाँगी विवाह बन्धनमा बाँधिन लाग्नुभएको छ ।

उहाँहरूबीच आगामी मंसिर १० गते विवाह हुने तय भएको छ । लामो समयदेखि प्रेम सम्बन्धमा रहनुभएका मुकुल र निशाले अब आफ्नो सम्बन्धलाई वैवाहिक जीवनमा परिणत गर्न लाग्नुभएको हो ।

निकटस्थहरूलाई उहाँहरूको सम्बन्धबारे जानकारी भए पनि सार्वजनिक रूपमा भने खुलाइएको थिएन । उहाँहरूको टीकाटालोसमेत भइसकेको छ ।

विवाहका लागि डा. ढकालले मंसिर १० गते विराटनगरबाट जन्ती लिएर झापास्थित निशाको घर जाने तयारी गर्नुभएको छ । उहाँ