काठमाडौं, फागुन १
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधिसभालाई सम्वोधन गर्नुहुने भएको छ । सरकार गठन भएको २ वर्ष पुरा भएको अघिल्लो दिन उहाले संसदलाई सम्वोधन गर्न लाग्नु भएको हो ।
संसद सचिवालयका अनुसार मध्यान्ह २ बजे बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले सम्वोधन गर्न लाग्नु भएको जानकारी दिएको छ । प्रधानमन्त्री ओलीले संसदमा सार्वजनिक महत्वको विषयमा जानकारी दिन शुक्रबार संसदको समय लिनु भएको हो ।
प्रधानमन्त्री ओलीले सरकारका काम कारवाही, दुई वर्षमा भएका काम, अब सरकारले गर्ने कामका विषयमा जानकारी गराउनु हुने भएको छ । प्रधानमन्त्री ओलीले दुई वर्षअघि फागनु ३ गते प्रधानमन्त्री पदको सपथ लिनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्