सरकारको कामको सबै नेता कार्यकर्ताले जनतामाझ लाने प्रचारप्रसार गर्ने र सरकारको पक्षमा लाग्ने अवस्था सृजना गराउँदै पार्टी एकिकरण भएको सन्देश तल्लो तहसम्म अनुभुती दिलाउन सक्नुपर्छ । कार्यकर्ताहरुलाई सम्पूर्ण ढङ्गले पार्टी र जनता प्रति बफादार बनाइरख्न सके उनीहरुलाई विकासका काममा लगाउन सके सरकार बलियो बन्छ पार्टी अजय बन्छ । पराजयबाट टाढा जान्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान नेकपा सरकारको दुई बर्ष पूरा भएको छ । यो दुई बर्षमा धेरै महत्त्वपूर्ण कामहरु भएका छन । महत्त्वपूर्ण नितिगत निर्णयहरु पनि भएका छन् । संघीयता कार्यान्वयन गर्न विभिन्न कानुनहरु पनि निर्माण भएका छन् । अस्तव्यस्त संघीयता कार्यान्वयन गर्ने विभिन्न कानुनी राजनीतिक र भौतिक संरचनाहरु निर्माण भएका छन् । चरम भ्रष्टाचारबाट गुज्रिएको देशको राजनैतिक र प्रशासनिक क्षेत्रलाई लयमा ल्याउन अनेकौं भ्रष्टाचारजन्य आपराधिक मामिलामा मुद्दा दर्ता गर्ने काम भएको छ । ज्यान मार्नेहरुलाई कानुनी कठघरामा उभ्याउने कामको थालनी भएको छ । मोहम्मद अफताब आलम यसको ज्वलन्त उदाहरण हुन।
विभिन्न आपराधिक घटना घटाएर लुकिछीपी हिंड्नेहरु वा त्यस्ता घटनामा संलग्न रही विदेशी भूमिमा लुकेर बसेकाहरुलाई पनि पक्रेर ल्याउने र सजाय दिलाउने काम गरेको छ । साँच्चै भन्ने हो भने कानुनी राज्यको प्रत्याभूति सरकारले जनतालाई दिएको छ । सुन तस्करी गर्नेहरुको जालो तोडेको छ, यातायातमा रहेको सिण्डिकेट तोडेको छ र यातायात व्यावसायीहरुलाई करको दायरामा ल्याएको छ । ढुवानी सेवामा संलग्न यातायातका साधन हरुलाई पनि करको दायरामा ल्याउने काम गरेको छ । वैदेशिक रोजगार कम्पनीको मनलाग्दी दादागिरीलाई नियमन गर्ने कोशिश गरिरहेको छ । विकास निर्माणका काम पनि हुँदै छन । केरुङ काठमाडौं, काठमाडौं, पोखरा र लुम्बिनी, काठमाडौं रेलमार्ग र काठमाडौं उपत्यका मेट्रो रेल मार्ग पुर्वपश्चिम रेल मार्गको विस्तृत परियोजना प्रतिवेदन अर्थात डिपिआर पनि तयार पारेको छ । बाटो फराकिलो बनाउने, पिच गर्ने काममा पनि तिब्रता दिएको छ ।
गाउँपालिका र वडाको केन्द्रसम्म बाटो पुर्याउने र त्यसलाई पक्की बनाउने योजना अगाडि बढाउने काम गरेको छ । पुर्व पश्चिम राजमार्ग फराकिलो बनाउने कामको थालनी गरेको छ । केरुङ गल्छी पासङल्हामु मार्ग फराकिलो बनाउने काम सम्पन्नताको अन्तिम चरणमा छ । पोखरा बाग्लुङ सडक फराकिलो बनाउने काम भइरहेको छ । पुर्व पश्चिम पुष्पलाल मार्ग मदन भण्डारी राजमार्ग, फास्टट्रयाक, हुलाकी राजमार्गहरु तिब्र गतिमा निर्माण भईरहेका छन । पुरातात्त्विक तथा ऐतिहासिक सम्पदाहरुको निर्माण कतिपय पुरा भएका र कतिपय निर्माण हुँदै छन, धरहरा भब्य रुपमा निर्माण हुँदै छ । भुकम्पबाट विध्वंस भएको ऐतिहासिक धरोहर हरु कतिपय सम्पन्न भएका छन भने कतिपय अब छिट्टै निर्माण सम्पन्न हुँदै छन् । रक्सोल वीरगंज अमलेखगंज पेट्रोलियम पाइप लाइन निर्माण संपन्न गरेर तेल पाइपलाइनबाट आउन थालेको धेरै भयो दैलेखमा पेट्रोलियम पदार्थको अनुसन्धान, नवलपुरमा फलामखानी, देशैभरी अप्टिकल फाइवर र फोरजी सेवा बिस्तारलगायत काम पनि गरेको छ ।
भैरहवा विमानस्थल, पोखरा विमानस्थल, त्रिभुवन विमानस्थलअन्य विमानस्थलहरु निर्माण र मर्मत सम्पन्न हुँदै छन् भने यी विमानस्थललाई बुटिक विमानस्थल बनाउने काम पनि हुँदैछ ।यस्ता आन्तरि विमानस्थल अरु पनि बन्दै छन् । झण्डै २८ सय मेगावाट विद्धुत उद्पादन गर्ने गरी काम भईरहेको छ ,र अहिले नै लोडसेडिङ कम भएको छ । कोशी र नारायणी नदिमा पानीजहाज छिट्टै सञ्चालन हुँदै छ । देशका विभिन्न नदीहरुमा रहेको तुइन विस्थापन गराई झोलुङ्गे पुल निर्माण गरिएको छ । निजी क्षेत्रमा काम गर्नेहरुका लागि सामाजिक सुरक्षा कार्यक्रम ल्याएको छ, यसले हरेक श्रमजीवी वर्गको हित गरेको छ । वृद्धवृद्धालाई स्वाभिमानी बन्न प्रेरित गरेको छ । फेसबुक, गुगलदेखि सबै समाजिक सञ्जाललाई सरकारलाई कर तिर्न अनिवार्य बनाउने कानुन संसदमा पेश गरेको छ । देशको आर्थिक बृद्वीदर उच्च रहेको कुरा विश्व बैंकको रिपोर्टमा उल्लेख छ । आर्थिक सन्तुलन कायम छ, बैदेशिक संवन्ध सुमधुर बनाउने काम गरेको छ । भारतसँग बिग्रेको संबन्ध पुनर्स्थापित भएको छ भने चिनसँग ऐतिहासिक सन्धि सम्झौतामा हस्ताक्षर गरेको छ ।
धेरै महत्त्वपूर्ण काम भएका छन । महिला बालबालिकाको क्षेत्रमा स्वास्थ्य र शिक्षाको क्षेत्रमा पनि महत्त्वपूर्ण कामहरु भएका छन् सुत्केरी हुन नसकेका महिलालाई हेलिकप्टरबाट उद्वार गरिएको छ । साना ठुला अनगिन्ती काम सरकारले गरेको छ । यति भन्दैमा कमजोरी नभएको नै होइन भन्न खोजेको पटक्कै होइन, कमजोरी कम, काम अधिक भएका छन । अत्यधिक काम हुँदा पनि सरकारको आलोचना किन हुने गरेको छ । आजस्ले लोचना नियोजित भइरहेको गराइएको प्रष्ट देखिन्छ । आलोचना कसले किन गरेका छन ? सरकारको आलोचना नेकपाभित्रको एउटा तप्का, एकाध विभिन्न सञ्चार र काङ्ग्रेस लगायत विभिन्न विपक्षी हरुबाट भइरहेको देखिन्छ । कतिपय मिडियाहरु प्रतिपक्षको नजिक भएको र नेकपा त्यसमा पनि ओली विरोधी चिन्तन भएको हुनाले योजनावद्व ढङ्गले भ्रम र अफवाह फैलाउने काममा व्यस्त छन । उनीहरुको सरकारप्रतिको नकारात्मक सोच चिन्तन हराउँदैन, यो उसको कर्तब्यका कारणले पनि गर्छ ।
कतिपय सामाजिक सञ्जाल र अनलाइन खबरहरु पनि केपी कमरेडको काम गराइ उहाँको व्यक्तित्वको डाहा गरेर पनि भ्रम फैलाउन व्यस्त छन भने कतिपय विभिन्न सोच भएका नेताहरुको नजिक हुन, चाकरी गर्ने वा केही पाउन मोलमोलाई गर्ने उदेश्यले भ्रम सृजना गर्दै छन् । यो विरोधीले नेकपा असफल पार्ने रणनीतिक योजना अन्तर्गत भ्रम छरेका छन् भने पार्टी भित्रकाले नेतातहकाले चाहीँ मन्त्री वा उनीहरुलाई वान्छनिय पद नपाउँदा आलोचना गर्न उत्तेजना फैलाउन ,कार्यकर्ताहरु चाहीँ उपभोक्ता समिति बनाउने र खाने दाउमा बाधा पर्नाले र दलाल खालकाहरु आफ्नो स्वार्थमा आघात पर्न आँट्यो भनेर कतिपय गुटबन्दीका कारण जानीजानी विरोध गरिरहेका छन । त्यसकारण अरुको विरोध विरोधका लागि हो भनेपनी पार्टी भित्रको विरोध खतरनाक विरोध हो, यो यदुवंशी विरोध हो । म भए सबै ठिक नत्र खरानी भए पनि होस भन्ने विरोध हो । यस्तो विरोधले पार्टी सरकार सबैलाई जनता माझ नङ्ग्याउँछ र पार्टीलाई समाप्त पार्नतिर उद्वत हुन्छ । यस्तो विरोध समाप्त पार्न पार्टी र नेतृत्वले समाधान गर्नुपर्छ ।
समाधानको उपाय के हो त ?
पार्टीभित्रको विरोध पार्टीले विधी बनाएर अन्त गरी सबैलाई एकताबद्ध बनाउनु पर्छ । अराजक अनुशासनहीन हरुलाई कार्बाही गर्ने, राजनीतिक प्रशिक्षण दिने सच्याउने र पार्टी र सरकारको कामको प्रचारप्रसारमा लगाउने काम गर्नु पर्ने देखिन्छ । कार्यकर्तालाई अनिवार्य विकासका काममा खटाउने र चाकरी होइन कामका आधारमा मुल्यांकन गर्ने विधी स्थापित गर्न पर्छ । बिचौलिया दलालालखालकाहरुलाई कम्युनिस्ट आचरण देखाउन सचेत पार्ने उनीहरुलाई सांसद देखि विभिन्न महत्त्वपूर्ण ठाउँमा नियुक्ति गर्ने काम गर्न र उनीहरुका कुरा सुन्न बन्देज गर्नुपर्छ । सबै नेता कार्यकर्तालाइ उत्पादनसँग जोड्नु पर्छ । कम्युनिस्ट आचरण अनुशासन र मर्यादामा राख्नु पर्छ । पार्टीका नेताहरु (जो तल्लो कमिटीदेखि माथिल्लो कमिटीसम्म छन ) लाई जहाँ पायो, जे पायो त्यही बोल्न पुर्णत प्रतिबन्ध लगाउनुपर्छ अनुशासन आयोगलाई स्वतन्त्र र निष्पक्ष ढङ्गले चलाउनुपर्छ । कामका आधारमा परीक्षा पास गरेर कमिटीमा बढुवा गर्ने परिपाटीको थालनी गर्नुपर्छ । गल्ती गर्नेहरुलाई मेरो मान्छे भनेर च्याप्ने काममा रोक लगाउनु पर्छ । धनवाद र डनवाद पार्टीभित्र पुर्णतः प्रतिबन्धित हुनुपर्छ । गरिब पैसा नहुनेले पनि चुनाव लड्न सक्ने र पाउने अवस्थाको सृजना गर्नुपर्छ ।मुल्यांकनको परिपाटी सृजना गर्न पर्छ ।
अरुको विरोध विरोधका लागि हो भनेपनी पार्टी भित्रको विरोध खतरनाक विरोध हो, यो यदुवंशी विरोध हो । म भए सबै ठिक नत्र खरानी भए पनि होस भन्ने विरोध हो । यस्तो विरोधले पार्टी सरकार सबैलाई जनता माझ नङ्ग्याउँछ र पार्टीलाई समाप्त पार्नतिर उद्वत हुन्छ । यस्तो विरोध समाप्त पार्न पार्टी र नेतृत्वले समाधान गर्नुपर्छ
निष्कर्ष
समग्रमा केपी ओली नेतृत्वको नेकपा सरकार हालसम्म सफल रहेको छ । अब नेकपाले सरकारको कामको प्रचारप्रसार गर्नुपर्छ । सरकार विरुद्धको हरेक आक्रमणविरुद्ध शसक्त प्रतिरोध गर्नुपर्छ । यसको लागि पार्टीका सबै तहका नेताहरु कार्यकर्ताहरु एकजुट भएर लाग्नुपर्छ यो सरकार असफल हुनु भनेको सम्पूर्ण रुपमा नेकपा असफल हुनु हो । केपी ओली एक्लै असफल हुनुहुने होइनन् ,तसर्थ फेरि सत्तामा आइरहने हो भने प्रधानमन्त्री, मन्त्री हुन मरिहत्ते गर्नेहरुले अझ बढी सरकारको पक्षमा आवाज बुलन्द गर्नुपर्छ । अब नेकपा भित्र कम्युनिस्ट विचारधारा अनुसार चल्ने व्यावस्था गर्ने सरकारको कामको आलोचना पार्टीको सचिवालय सदस्यहरु स्थायी कमिटी सदस्यहरु केन्द्रीय र तल्ला कमिटीका सदस्यहरु कसैले बाहिर गर्न नपाउने गरी कडा नियम बनाई लागु गराउन सक्नुपर्छ ।
सरकारको कामको सबै नेता कार्यकर्ताले जनतामाझ लाने प्रचारप्रसार गर्ने र सरकारको पक्षमा लाग्ने अवस्था सृजना गराउँदै पार्टी एकिकरण भएको सन्देश तल्लो तहसम्म अनुभुती दिलाउन सक्नुपर्छ । कार्यकर्ताहरुलाई सम्पूर्ण ढङ्गले पार्टी र जनता प्रति बफादार बनाइरख्न सके उनीहरुलाई विकासका काममा लगाउन सके सरकार बलियो बन्छ पार्टी अजय बन्छ । पराजयबाट टाढा जान्छ । सरकारले यतिराम्रो काम गर्दा पनि सँधै शत्रुवत व्यवहार गर्ने, सरकारको कामको विरोध मात्रै गरिरहने अहिलेसम्मको अवस्था कायमै रहेमा भन्न सकिन्न ।
(लेखक नेपाल नेकपा धादिङ जिल्ला संगठन कमिटी सदस्य हुनुहुन्छ ।)
प्रतिक्रिया दिनुहोस्