जनता टाइम्स

९ चैत्र २०७६, आईतवार २०:३२

कोरोनाविरुद्ध लड्न केन्द्रीय राहत कोष खडा, सबै मन्त्रीले एक महिनाको तलब राख्ने


काठमाडौं, चैत ९

सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न केन्द्रीय राहत कोष खडा गरेको छ । महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न केन्द्रीय राहत कोष खडा गरेको हो ।

मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गरेको हो । सो कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने निर्णयसमेत भएको एक मन्त्रीले बताउनु भयो । त्यस्तै अन्य सबैलाई सो कोषमा सहयोग गर्न सरकारले आह्वान गरेको छ ।

कोभिड १९ को महामारीका रोकथामका लागिचिकित्साकर्मीले उपयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण, मास्क, थर्मोमिटर, भेन्टिलेटर, मनिटरलगायत सामग्री किन्‍न५० करोडको कोष खडा गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिनुभयो ।