विपिन देव
कोरोनाको सन्त्रासले मानव समुदायकम्पित रहेको अवस्थामा विश्व राजनीति, कुटनीति, अर्थनीति र जीवनका विभिन्न पक्षहरु प्रभावित भएको छ । द्विपक्षीय र बहुपक्षीय कुटनीति कसरतहरु प्रचुर मात्रामा भइरहेको छ । यी कुटनीति कसरतहरु मध्ये जी–ट्वेन्टीको भिडियो कन्फ्रेन्सले सहयोग र सहकार्यमा एक नयाँँ अध्याय थप गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अगुवाइमा दक्षिण एसियाली सहयोग संगठनको नेतृत्वहरुको भिडियो कन्फ्रेन्सको माध्यमबाट सहयोगको सहयात्राको वातावरण बन्नुले गर्दा यस परिघटनाबाट विश्व कुटनीति निकै प्रभावित भएको थियो । कालान्तरमा यस परिघटनाको पराकम्पन मार्चको अन्तिम सातामा जी–ट्वेन्टी मुलुकहरुको नेतृत्वको बैठकमा पनि देखियो । साउदी नेतृत्व सलमानको अध्यक्षतामा भएको बैठकमा मोदीको सक्रियता र अगुवाइको प्रशंसा गर्दै कोरोना समस्या मानव सभ्यता र सह–अस्तित्वको लागि सबभन्दा ठुलो चुनौती हो भन्ने कुरा जाहेर गरे ।
जी–ट्वेन्टीमुलुकहरु कोरोनाबाट सबभन्दा बढी आक्रान्त रहेको अवस्था छ । संसारका ७० प्रतिशत कोरोनाबाट संक्रमित यही भू–भागमा परेको तथ्यले देखाउँछ । तर कोरोनाबाट ८० प्रतिशत बिरामीहरुको मृत्यु पनि यही भू–भागका बासिन्दाहरुको भएको छ । संसारको कुल जीडीपीको ८० प्रतिशत साझेदारी जी–ट्वेन्टी मुलुकहरुको नै रहेको देखिन्छ । संसारको ८० प्रतिशत व्यापारिक कारोबार हुनु र संसारको दुई तिहाई जनसंख्या यही भू–भागमा बस्नुले गर्दा संसारको हरेक गतिविधिमा जी–ट्वेन्टी मुलुकहरुको सक्रियता झल्किन्छ । भर्खरै जी–ट्वेन्टी मुलुकहरुको बैठकले कोरोनासँग संग्राम गर्न विभिन्न किसिमका कार्यनीति र रणनीति तयार गरेको देखिन्छ । हुन त, अप्ठेरो परिवेशमा जी–ट्वेन्टीको सक्रियता मानव समुदायको लागि लाभदायी सिद्ध भएको छ । सन २००८ मा विश्वमा आर्थिक मन्दी भएको अवस्थामा जी–ट्वेन्टीका मुलुकहरु विश्वको वित्तीय संस्थाहरुलाई नीतिगत रुपमा प्रभावित गरेको विश्वलाई आर्थिक मन्दीबाट मुक्तिका लागि आवश्यक वातावरण तयार गरेका थिए ।
यस पटकको जी–ट्वेन्टी सम्मेलनलाई “अनौपचारिक’’ संज्ञा दिएका छन् । यस सम्मेलनलाई केही मौलिक र दुरगामी समस्याहरुलाई निराकरण गर्न दिशानिर्देश गर्दछ । सर्वप्रथम यी मुलुकहरुले यस्ता महामारीसँग जुध्न संकल्पित रहेको अवस्था छ । यी मुलुकहरुले सर्वप्रथम कोरोनाबाट मुक्ति पाउन तीन वटा सुत्रहरुलाई निर्धारण गरेको देखिन्छ ।अर्थात अनुसन्धान, रोकथाम र पुर्व–तयारी । जी–ट्वेन्टीका मुलुकहरु अनुसन्धान र शोधको माध्यमबाट समस्याबाट उन्मुक्ति पाउन सूचना आदान प्रदान गरेर एक अर्काको सामथ्र्य र क्षमतालाई अभिवृद्धि गराउन संकल्पित रहेको अवस्था छ । यसपटक जी–ट्वेन्टी सम्मेलनमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरु आइएमएफ वल्र्ड बैंक, विश्व र विभिन्न मानवीय संकटहरुलाई समाधान गर्ने संस्थाहरुको समेत सहभागिताले जी–ट्वेन्टी सम्मेलनको गाम्भीर्यतालाई आँकलन गर्न सकिन्छ ।
अर्को शब्दमा भन्ने हो भने जी–ट्वेन्टी मुलुकहरुले अन्तर्राष्ट्रिय मुद्राकोष, वल्र्र्ड बैंक, विश्व खाद्य संगठन जस्ता विभिन्न मानव कल्याणको लागि कटिबद्ध भएका संस्थाहरुको सहयोगको अपिल गरेकाथिए । साथ–साथै विश्व स्वास्थ्य संगठनसँग नीतिगत समिक्षाका साथै आफ्नो संयन्त्र र तथ्यांकको माध्यमबाट जी–ट्वेन्टी मुलुकहरुलाई कोरोना समस्याको सन्त्रासबाट मुक्तिको लागि आवश्यक सहकार्यको लागि वाचा गरेकाथिए । जी–ट्वेन्टीमुलुकहरु वैश्विक समस्याहरुमा बहुतै संवेदनशील देखिन्थे । कोरोना समस्याले आउने दिन अफ्रीकामा शरणार्थी समस्या प्रचुर मात्रामा बढेन भनी आँकलन गरिएको थियो । तदअनुरुप अफ्रिकाको समस्यालाई दृष्टिगत गर्दै आफ्नो कुल ग्राहस्थ उत्पादनको २.५ अफ्रिकामा व्यय गर्ने निर्णय गरियो । यही परिदृश्यमा बेलायतले सहयोगको सहयात्रामा एक पाइला अगाडि सारेको देखिन्छ । अफ्रिकी समस्या समाधानका लागि जी–ट्वेन्टी मुलुकहरुमध्ये बेलायतले ५५४ मिल्यन अमेरिकी डलरको प्याकेज दिने घोषणा गरेको देखिन्छ । यतिमात्रै होइन कि आपत्तकालीन अवस्थामा कोरोनाबाट प्रभावित भएका मुलुकहरुको समस्यालाई समाधान गर्न बिश्व बैंकले आगामी १५ महिनामा १६० बिलियन अमेरिकी डलर खर्च गर्ने घोषणा गरेको देखिन्छ ।
यस्तै एक अध्ययनले आउने दिनमा आर्थिक मन्दीहुने अवस्थालाई नजरअन्दाज गरेको छैन । आउने दिनमा आर्थिक मन्दीलाई मध्यनजर गर्दै विभिन्न आपत्तकालीन समस्याहरुलाई समाधान गर्न ५ ट्रीलियन अमेरिकी डलर खर्च गर्न जी–ट्वेन्टी मुलुकहरु संकल्पित रहेको देखिन्छ । अर्थात आर्थिक मन्दीबाट उन्मुक्ति पाउन आवश्यक आर्थिक योजना बनाउन जी–ट्वेन्टी मुलुकहरुले आपसी सहकार्य गर्न समझदारी बनाएको देखिन्छ ।
यसका विभिन्न आयामहरू छन् । कोरोनासँग संग्रामगर्न समाजका सबभन्दा बढी प्रताडित र पीडित वर्गलाई मध्यनजर गर्दै सबै मुलुकहरुले निर्धन व्यक्तिहरुको लागि आवश्यक योजना ल्याउने समझदारी बनाएको देखिन्छ । कोरोनाले वास्तवमा कुनै रङ्ग, बोर्डर, वर्ग, समुदाय र धर्मको बीच विभेद गर्दैन् । अर्थात कारोना भाइरसले बोर्डरलाई मतल बगर्दैन् । तसर्थ जी–ट्वेन्टीका मुलुकहरुले कोरोनाको गाम्भीर्यतालाई दृष्टिगत गर्दै “अनलाइन डिजिटल’’ र विधुतीय माध्यमबाट अधिक भन्दा अधिक कार्यसम्पादन गर्नका लागि आवश्यक पहलकदमी गर्ने कुरामा सहमत भएको देखिन्छ ।
जी–ट्वेन्टीका मुलुकहरु भू–मण्डलीकरण र खुला अर्थ व्यवस्थाको मर्म अनुरुप विद्युतीय माध्यमबाट संसारको अधिकभन्दा अधिक व्यापार, सूचना, तथ्यांक प्रवाह गर्नका लागिआवश्यक जनशक्ति तयार गर्नमा पनि दृढ देखिन्छ । जी–ट्वेन्टी सम्मेलनलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय मुद्रा कोषका निर्देशक क्रिस्टेनिलाले सन् २०२१ मा मात्र विश्व अर्थतन्त्रले सास फेर्न सक्ने अवस्थालाई प्रक्षेपण गरेकी छिन् ।
अर्कोतर्फ कोरोना समस्याबाट उत्पन्नहुने प्रमुख समस्यामध्ये बेरोजगारी र गरिबीहुन् । एक अध्ययनअनुसार विगत केही दिनमा अमेरिकामा मात्रै ३ लाख २८ हजार मानिस बेरोजगार भएका छन् । युरोप र अमेरिका जस्ता विश्वका विकसित मुलुकहरुमा आंशिक काम गर्ने प्रचलन रहेको देखिन्छ । विधुतीय उपकरणका माध्यमबाट अधिक भन्दा अधिक कार्यसम्पादनले बेरोजगारीको प्रतिशत बढेन पनि जानकारहरुको दावा रहेको देखिन्छ ।
समग्रमा जी–ट्वेन्टीका मुलुकहरु मध्ये गरिबी र जनसंख्याको हिसाबले भारत सबभन्दा संवेदनशील रहेको अवस्थालाई नजरअन्दाज गर्न सकिदैन । तर भारतको गुरुयोजना, मोदीको नेतृत्व र कृतित्व, योगका सुत्रहरु, आयुर्वेदका प्रयोगहरु र प्राद्योगीक तरिकाले समस्याका समाधानका उपायका रेखांकन गर्नाले भारतको नेतृत्वलाई विश्व समुदायले प्रशंसा गरेको देखिन्छ । कोरोनापछि संसार राजनीति र कुटनीतिक रुपमा ध्रुवीकृत रहेको अवस्था छ । सी जिनपिङ् को सम्बोधन बजार व्यवस्थापन र अर्थनीतितर्फ केन्द्रित थियो भने प्रजातान्त्रिक कित्तामा रहेको मुलुकहरु अमेरिका, बेलायत र भारत जी–ट्वेन्टीलाई मानव मुक्तिको लागि अभिप्रेरित गर्न दृढ संकल्पित थिए ।
प्रतिक्रिया दिनुहोस्